५८ लागे शाहरुख खान : शुभकामना दिन पुगेका फ्यानको भीड नियन्त्रण गर्न लाठीचार्ज

केन्द्र खबर

काठमाडौं ।

बलिउड अभिनेता शाहरुख खानलाई जन्मदिनको अवसरमा शुभकामना दिन उनको घर बाहिर जम्मा भएको भिडलाई नियन्त्रण गर्न भारतीय प्रहरीले लाठी चार्ज गरेको छ । शाहरुख खानले आज (बिहीवार)५८ औं जन्मदिन मनाउँदैछन् । हरेक वर्षजस्तै यसवर्ष पनि उनले भारतको मुम्बईस्थित आफ्नो निवास मन्नतबाहिर भेला भएका सयौं फ्यानलाई अभिवादन गरे ।

आफ्ना प्रिय सुपरस्टारलाई जन्मदिनको शुभकामना दिन फ्यान रातीदेखि नै मन्नतबाहिर भेला भएका थिए । फ्यानले आतिशबाजी, हुटिङ र कोलाहल गरेर खुशी व्यक्त गरे । शाहरुखले पनि मन्नतको रेलिङमा चढेर फ्यानलाई धन्यवाद दिए । शाहरुखको एक झलक हेर्न उर्लिएको भीड नियन्त्रणबाहिर गएपछि प्रहरीले लाठिचार्ज गर्नु परेको हो ।

राति १२ बजेपछि शाहरुख कालो टी(सर्ट, क्याप, कार्गो जिन्स र कालो चस्मा लगाएर मन्नतको रेलिङमा निस्किएका थिए । उनले फ्लाइङ किस र थम्ब्स अप गर्दै फ्यानलाई धन्यवाद दिएका छन् ।

  • १६ कार्तिक २०८०, बिहीबार १५:२७ प्रकाशित