प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच शुक्रबार भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबिच भेटवार्ता भएको हो ।

संक्रमणकालीन न्याय तथा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका विषयमा तथा अन्य समसामयिक विषयमा दुई नेताबिच छलफल हुने बताइएको छ । गत असोज २० गते दुई नेताबिच भेट भएको थियो ।

  • १० कार्तिक २०८०, शुक्रबार १४:२९ प्रकाशित