मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिँदै

केन्द्रभाग मिडिया

विराटनगर ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शनिबार विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री भएका कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको चौथो अधिवेशन आजदेखि सुरु भएको हो ।

असोज २० गते शनिवार विश्वासको मत लिने तयारी भएको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । विश्वासको मत नपाए मुख्यमन्त्री कार्की स्वतः पदमुक्त हुनेछन् भने संविधानको धारा १६८ को उपधारा ५ अनुसार अर्को सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

मुख्यमन्त्री कार्कीलाई एमाले बाहेकले विश्वासको मत नदिने भएका छन् । यसअघि एमालेकै कित्तामा उभिएको राप्रपाले पनि यसपटक मत नदिने भएको छ । जसको कारण कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउने सम्भावना कमजोर भएको छ ।

  • १७ आश्विन २०८०, बुधबार १६:५४ प्रकाशित