जनमत पार्टीको सचिवालय बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

जनमत पार्टीको केन्द्रीय सचिवालय बैठक आइतबार बस्ने भएको छ । पार्टीको समसामयीक विषय तथा अध्यक्ष सिके राउतको अमेरिका भ्रमणलगायतको विषयमा ब्रिफिङ हुने बताइएको छ । जनमत पार्टी मिसन ८४ सञ्चालन गरिरहेको छ ।

पार्टीले मिसनका लागि गरिरहेको गतिविधिलगायतको विषयमा पनि छलफल हुने बताइएको छ ।

पार्टीका सचिवालय सदस्य एवं प्रवक्ता डा।शरतसिंह यादवले सचिवालयको यो नियमित बैठक रहेको बताए । प्रत्येक आइतवार सचिवालको बैठक बस्ने गरेको र बैठकमा विभिन्न समसामयिक विषयमा छलफल हुने उनको भनाइ छ ।

  • १४ आश्विन २०८०, आईतवार १६:१७ प्रकाशित