काठमाडौं ।
नेपाल दु:खी देशहरूको सूचीमा ६३ औं स्थानमा परेको छ । सन् २०२२ को हान्केको वार्षिक दुःख सूचकांकको सर्वेक्षणले यस्तो देखाएको हो । नेपाल ३७.१८ अंक पाएर दु:खी देशहरुको ६३ औं सूचीमा परेको छ ।
सर्वेक्षणले दुखको प्रमुख कारण बेरोजगारी देखाएको छ । यस्तै २०२२ मा शीर्ष १ ‘सबैभन्दा खुसी’ देशहरू स्विट्जरल्याण्ड, कुवेत, आयरल्याण्ड, जापान, मलेसिया, ताइवान, नाइजर, थाइल्याण्ड, टोगो र माल्टा परेको छ ।
यसैगरी सबैभन्दा दु:खी देशमा जिम्वाम्वे ४१४.७ अंक पाएर पहिलो नम्बरमा रहेको छ । दु:खी देशमा पर्नुको कारण मुद्रास्फिति रहेको छ । उक्त सूचकांकमा १५७ वटा देशहरु समावेश गरिएको थियो ।
दुख सूचकाङ्कको इन्डेक्स वर्षको अन्त्यको बेरोजगारीको योगफल, मुद्रास्फीति, र बैंक(ऋण दरहरू, प्रति व्यक्ति वास्तविक जीडीपीमा वार्षिक प्रतिशत हेरिएको थियो ।
यस प्रति तपाइको धारणा के छ ?