नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको कार्यालयले मुद्धा चलाउने निर्णय गरेको छ ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले शरणार्थी बनाएर अमेरिका पठाइदिने भनि विभिन्न व्यक्तिलाई ठगी गरेको प्रकरणमा अनुसन्धान गरी प्रहरीले पेश गरेको प्रतिवेदनमा मुद्दा चलाउने निर्णय गरेको हो।
प्रहरीले दुई दिनअघि पठाएको प्रतिवेदनमा मुद्दा चलाउने निर्णय भएको र दर्ता गर्न लागेको उक्त कार्यालयका प्रवक्ता तथा जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले जानकारी दिए।
नक्कली शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा प्रहरीले प्रतिवेदनका साथमा पक्राउ परेका १६ जनालाई पेश गरेको थियो।
यस प्रकरणमा प्रहरीले १२ जनाभन्दा बढीलाई फरार प्रतिवादी बनाएको छ।
यस प्रति तपाइको धारणा के छ ?