झापा ।
झापामा एकै रातमा ४ वटा सटर फोडेर चोरी गर्ने एक जना पक्राउ परेका छन् ।चोरी आरोपमा झापा शिवसताक्षी नगरपालिका वडा नं। ५ आमबाडी बस्ने वर्ष ५६ को सविलाल खवास पक्राउ परेका हुन ।
शिवगंज बजारमा शृङ्खलाबद्ध रूपमा ४ वटा सटर फोडी चोरी भएको गुनासो आएपछि इलाका प्रहरी कार्यालय शिवगञ्जमा प्रहरीले अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न खवासलाई चोरी भएको सामानहरु, नगदसहित पक्राउ गरेको हो ।
चोरीमा प्रयोग भएको फलामको रड, झोला र चोरी गर्दा प्रयोग भएको कपडासहित पक्राउ परेका खवासविरुद्ध अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
यस प्रति तपाइको धारणा के छ ?