पोखरा ।
गण्डकी प्रदेशको राजधान पोखरामा हुने भनिएका सात वटै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन तत्कालका लागि स्थगित भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका प्रेस संयोजक नरहरि सपकोटाले बुधबार हुने सात वटै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन हाललाई स्थगित भएको जानकारी गराए ।
उनले मंगलबार एक विज्ञप्ति नै जारी गर्दै भोलि हुने सम्मेलन हाललाई स्थगित भएको जानकारी गराएका हुन् । उनले मुख्यमन्त्रीहरुको भेला स्थगित हुनुको कारण भने खुलाएका छैनन् ।
कुन प्रदेशले के काम गरिरहेका छन् ?, प्रदेशले गरेका कार्य तथा अनुभव साटफेर गर्न र सबै प्रदेशको साझा धारणा बनाउन सम्मेलन गर्ने तयारी थियो । यसका साथै संविधानले दिएका अधिकारसमेत केन्द्र सरकारले आफै राखिरहेको विषयमा समेत प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराइने बताइएको थियो । भेलालाई प्रधानमन्त्री प्रचण्डले नै सम्बोधन गर्ने कार्यक्रम थियो ।
यसअघि गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीले तत्कालिन अवस्थामा सात वटै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा गरेर केन्द्र सरकारलाई अधिकारका लागि लविङ गरेका थिए ।
यस प्रति तपाइको धारणा के छ ?