लुम्बिनी ।
लुम्बिनी प्रदेशमा थप तीन जनाले मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमवार प्रदेश प्रमुख कार्यालय बुटवलको सभाहलमा प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।
सोमबार नयाँ मन्त्रीको रूपमा नेपाली काँग्रेसका नेता राजु खनाल स्वास्थ्य मन्त्री,जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्री र जनमत पार्टीका चन्द्रकेश गुप्ताले सामाजिक मन्त्रीका रूपमा पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
त्यस्तै त्यसअघि नियुक्त भएका लोसपाका सन्तोषकुमार पाण्डेयलाई आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय र धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा दिएको छ । यसअघि लुम्बिनी प्रदेश सरकारमा माओवादीका धनबहादुर मास्की अर्थमन्त्री बनिसकेका छन् ।
यस प्रति तपाइको धारणा के छ ?