काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले किसानलाई निरुत्साहित गर्न लागिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । नेपालका गाउँका किसानले पालेका गाईभैँसीबाट उत्पादित दूध खेर गइरहेको अवस्थामा सहरमा उपभोक्ताका लागि भने भारतबाट दूध आयात गर्न लागिएको भन्दै सांसद डाँगीले बताइन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद डाँगीले किसानले उत्पादन गरेको दूधलाई काठमाडौंलगायत सहरी क्षेत्रका उपभोक्ताकहाँ पुर्याउने व्यवस्था गर्न माग गरेकी हुन् । दूध आयात गर्दा किसानहरू निरुत्साहित हुने उनको भनाइ थियो ।
कान्तिपुरले जेठ ७ मा ‘भारतीय दुधलाई काखा, स्वदेशीलाई पाखा’शीर्षकमा समाचार प्रकाशन गरेको थियो । उक्त समाचारप्रति सांसद डाँगीले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
यस प्रति तपाइको धारणा के छ ?