पोखरा ।
सातै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन गण्डकी प्रदेशको पोखरामा हुने भएको छ ।
प्रदेशले गरेका उपलब्धि र अधिकारका विषयमा छ्लफल गर्न जेठ १० गते बुधबार सातै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन हुन लागेको गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।
कुन प्रदेशले के काम गरिरहेका छन्, प्रदेशले गरेका कार्य तथा अनुभव साटफेर गर्न र सबै प्रदेशको साझा धारणा बनाउन सम्मेलन हुन लागेको हो ।
सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् ।
यस प्रति तपाइको धारणा के छ ?