पोखरा ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि गण्डकी प्रदेशले आयोजना गरेको बृहत बिमा जागरण सम्पन्न भएको छ ।
पोखराको न्यूरोड स्थित सिटी स्क्वाएरको सभा हलमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि.का मुख्य प्रबन्धक शैलेन्द्र श्रेष्ठ रहेका थिए । श्रेष्ठले पानसमा बत्ती बालेर उक्त कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।
कार्यक्रम रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि।गण्डकी प्रदेश प्रमुख सरोज अधिकरीको अध्यक्षतामा सम्पन्न भएको हो। उनले सम्पूर्ण सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमले व्यवसाय प्रवर्द्धनमा उल्लेख्य उत्प्रेरणा जगाउने बताएका थिए ।
कार्यक्रममा मुख्य प्रबन्धक शैलेन्द्र श्रेष्ठले रिलायबल नेपाल लाइफले हासिल गरेका उपलब्धी तथा विभिन्न गतिबिधिहरुका बारेमा प्रष्ट्याएका थिए । कार्यक्रममा विशेष आथित्यता ग्रहण गरेका वरिष्ठ हास्यकलाकार मनोज गजुरेलले सहभागीहरुलाई भरपुर मनोरञ्जन दिएका थिए ।
कार्यक्रममा करिब ३५० जनाको उपस्थिति रहेको थियो ।कार्यक्रममा रिलायबलका ट्रीपल एम डी आर टि श्री मीन बहादुर गुरुङ तथा सिनिएर एजेन्सी मेनेजर एसिएन रोका मगरले आ-आफ्नो व्यवसाय सफलताका अनुभवहरु प्रस्तुत गरेका थिए ।
विविध प्रतिभा प्रस्फुटन गर्ने क्रममा अभिकर्ता ध्रुब बिपस्वीले गजल सुनाएका थिए । कार्यक्रमको सञ्चालन रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि.पोखरा शाखा प्रमुख सूर्य सुमन थापाले गरेका थिए ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि.नेपालकै प्रख्यात जीवन बीमा कम्पनीको रुपमा पहिचान बनाउन सफल कम्पनी हो।
यस प्रति तपाइको धारणा के छ ?