पोखरा ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रदेशलाई बलियो बनाउने गरी संघले अधिकार नदिएको बताएका छन् । गण्डकी प्रदेश नीति तथा योजना आयोगले पोखरामा आयोजना गरेको आगामी आर्थिक वर्षको नीति र बजेट केन्द्रीत छलफलमा बोल्दै भट्टराइले यस्तो बताएका हुन् ।
भट्टराईले संघीयताको मर्म अनुसार संविधानमा जे लेखिएको छ त्यो संघले नदिएको बताए ।
संविधानमा लेखिएका पूर्ण वा साझा अधिकार संघले अहिले सम्म दिएको छैन, ऐन बनाएको छैन केही गरेको छैन त्यस कारण संघीयताको कार्यान्वयनका लागि जोड गर्नै पर्छ । मुख्यमन्त्रीहरुले जोड गर्न पर्यो, तपाईहरु हिजोको अंचलायाधिस हैन, जनताबाट निर्वाचित सरकार चलाउने मान्छे हो भट्टराईले भने । तपाईहरुले पाएको अधिकार पुरै प्रयोग गर्ने र जुन बाकीँ छ संविधानले दिएको केन्द्रले बाध्य भएर दिने हो, पहिलो प्रदेशलाई बलियो बनाउने र अधिकार प्राप्त गर्ने कुरा हुनुपर्छ ।
हक अधिकारको ठिक ढंगले प्रयोग गर्न भट्टराईले प्रदेश सरकारलाई आग्रह गरे । प्राप्त गर्न बाकीँ अधिकारका लागि तपाई हामी सबैले लविङ गरेर ल्याउनुपर्ने भट्टराइएको भनाई थियो ।
यस प्रति तपाइको धारणा के छ ?