Old Website
२०८० जेष्ठ २३, मङ्लबार
June 6, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लडाकु शिविरमा अनियमितता भएको छैन् : माओवादी केन्द्र

केन्द्र खबर केन्द्र खबर
प्रमुख समाचार, राजनीति
२०८० जेष्ठ ७ १७:१५
मन्त्रिपरिषद विस्तारमा सहयोग गर्ने माओवादी केन्द्रको निर्णय
ShareTweetPin

काठमाडौँ ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले तत्कालीन लडाकु शिविर व्यवस्थापन कार्यालयमार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएकाले त्यसमा कुनै पनि आर्थिक अनियमितता नभएको स्पष्ट पारेको छ ।

माओवादी केन्द्रले आज पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडमा पत्रकार सम्मेलनको आयोजना गरी महालेखापरीक्षक कार्यालयले नै यस विषयमा स्पष्ट पारिसकेको उल्लेख गर्दै सरकारी निकायको उपस्थितिमा भएको खर्च र त्यसको फाँटबारीमा कुनै अनियमितता नभएको बताएको हो ।

पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराका अनुसार महालेखा परीक्षकले २०६९ जेठ १९ गते शिविरको खर्चको समर्थन, फछ्र्यौट र मिनाहा गरी सम्परीक्षणको जानकारी पत्र शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालय सिंहदरबारमा पठाएको बताए ।

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन २०६९ को पेज नं २५९ अनुसार उक्त बेरुजु सम्परीक्षण सार्वजनिक भइसकेको छ । शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पु(याउन माओवादी सेनाको रेखदेख र व्यवस्थापनको निमित्त करिब रु ४६ करोड पेस्की लिइएकामा त्यसलाई ‘शान्ति प्रक्रियाको यथार्थ र विशिष्ठ परिस्थितिलाई मध्यनजर गरी सो रकम अनुदानमा परिणत गर्न संसद्को सार्वजनिक लेखा समिति, शान्ति तथा पुनःनिर्माण मन्त्रालय’को सिफारिसमा नेपाल सरकारले २०६९ वैशाख १४ गते आवश्यक निर्णय गरेको थियो ।

सरकारी कर्मचारीले सम्बन्धित व्यक्तिको भरपाइ गराइएर तलब तथा अन्य सुविधा उपलब्ध गराएको उल्लेख गर्दै माओवादी जनमुक्ति सेनाका तत्कालीन डेपुटी कमाण्डर एवम् नेकपा९माओवादी केन्द्र०का नेता चक्रपाणी खनालले कानुनी र व्यवहारिक रुपमा टुङ्गो लागिसकेको विषयमा अनाश्यक बखेडा झिक्न खोजिएको बताए । उनले क्यान्टोनमेन्टमा कुनै पनि आर्थिक अनियमितता नभएको र हुनै नसक्ने स्पष्ट पारे । शिविर व्यवस्थापन कार्यालयमार्फत नै खर्च भएकाले पार्टीबाट अनियमितता हुने सम्भावना नै नरहेको उनको दाबी छ ।

माओवादी केन्द्रले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई सरकारले अगाडि बढाएको कारबाहीले आम जनतामा उत्साह पैदा भएको बताएको छ । सरकारको कदमले राष्ट्रको शान जोगाउने र त्यसका अलावा जनतामा उत्साह र मनोबलसमेत बढाउने स्पष्ट पार्दै माओवादीले सो प्रकरणमा दोषी देखिएका सबैलाई कडा कारबाही गर्न आग्रह गरेको छ ।

उक्त प्रकरणमा संलग्न दोषीलाई कारबाही गर्न कुनै कसर बाँकी नराख्न र कुनै पनि प्रकारको सम्झौता नगरोस् भन्ने पार्टीको विशेष आग्रह रहेको उपाध्यक्ष महराको भनाइ छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई
समाज

वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा
राजनीति

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा

भुटानी शरणार्थी प्रकरण : १४ जनालाई थप ३ दिन हिरातसमा राख्न अनुमति
समाचार

शरणार्थी प्रकरणमा सरकारी वकिलतर्फको बहस सकियो

सत्यता सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन
समाचार

सत्यता सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन

गिलुङ समाज पोखराको १७ औं साधारण सभा : शताब्दी पुरुषलाई सम्मान
समाचार

गिलुङ समाज पोखराको १७ औं साधारण सभा : शताब्दी पुरुषलाई सम्मान

पेकका विद्यार्थीहरु नासा सम्मेलनका लागि भारत प्रस्थान
समाचार

पेकका विद्यार्थीहरु नासा सम्मेलनका लागि भारत प्रस्थान

यस संग सम्बन्धित

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा

कोशी प्रदेशमा माओवादीका २ मन्त्रीले दिए राजीनामा

कोशी प्रदेशमा माओवादीका २ मन्त्रीले दिए राजीनामा

करका दरबारे संसदमा जवाफ दिँदै अर्थमन्त्री महत

करका दरमा चलखेल भएको छैन : अर्थमन्त्री महत

कोशी सरकारबाट बाहिरियो जसपा

कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

करका दरबारे संसदमा जवाफ दिँदै अर्थमन्त्री महत

करका दरबारे संसदमा जवाफ दिँदै अर्थमन्त्री महत

यती एयर दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति हकदाबी गर्न ३५ दिने सूचना

यती एयर दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति हकदाबी गर्न ३५ दिने सूचना

सर्वाधिक पढिएका

वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई
समाज

वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा
राजनीति

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा

भुटानी शरणार्थी प्रकरण : १४ जनालाई थप ३ दिन हिरातसमा राख्न अनुमति
समाचार

शरणार्थी प्रकरणमा सरकारी वकिलतर्फको बहस सकियो

सत्यता सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन
समाचार

सत्यता सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन

गिलुङ समाज पोखराको १७ औं साधारण सभा : शताब्दी पुरुषलाई सम्मान
समाचार

गिलुङ समाज पोखराको १७ औं साधारण सभा : शताब्दी पुरुषलाई सम्मान

पेकका विद्यार्थीहरु नासा सम्मेलनका लागि भारत प्रस्थान
समाचार

पेकका विद्यार्थीहरु नासा सम्मेलनका लागि भारत प्रस्थान










केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.