काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेल तामझाम बिना साधारण सुरक्षा घेरामै संसद् भवन पुगेका छन् । राष्ट्रपति पौडेलले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०र०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।
शीतल निवासबाट भीभीआईपीलाई दिइने साधारण सुरक्षामै सडकमा निस्किएका राष्ट्रपति पौडेल सर्वसाधारणसँगै सडक अवरुद्ध नगरी संसद् भवन पुगेका हुन् ।
विगतमा राष्ट्रपतिको सवारी हुँदा प्रहरीले सडक ठप्प पार्ने गरेको थियो । यसपटक राष्ट्रपति पौडेलले सडकमा कुनै अवरोध नगरी संसद्सम्म पुगेका हुन् । यसअघि पौडेल राष्ट्रपति निर्वाचन हुँदाको बखत् नै राष्ट्रपतिको सवारीका कारण नागरिकलाई सास्ती हुन नहुने भन्दै बहस चलेको थियो ।
यस प्रति तपाइको धारणा के छ ?