काठमाडौँ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दिएको जवाफप्रति आपत्ति जनाएको छ ।
शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद रामचन्द्र राईले आपत्ति जनाएका हुन् ।सांसद राईले लडाकु शिविरमा भएको भ्रष्टाचारबारे बिहीबार (हिजो) प्रतिनिधिसभामा सोधिएको प्रश्नको उही जवाफ प्रधानमन्त्री दाहालले नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले महालेखा परीक्षकको कार्यालयले ठिक छ भनेको विषयलाई यहाँ प्रश्न उठाउन उपयुक्त हुँदैन भनेर जवाफ दिएको उल्लेख गर्दै यसले मुलुकको सुशासनमा टेवा नपु¥याउने उनको भनाई थियो ।
यस प्रति तपाइको धारणा के छ ?