काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकुलाई राखिएको शिविरमा भएको भनिएको घोटालाबारे छानबिन गर्न आफु प्रतिबद्ध रहेको बताएका छन् ।
क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको आरोप कपोलकल्पित र पूर्वाग्रही रहेको दाबी गर्दै प्रम दाहालले यस विषयमा कसैले उजुरी गरेर छानबिन गरेर जेल जान तयार रहेको उनले घोषणा गरे ।क्यानोन्टमेन्टमा रहेका लडाकुलाई दिएको रकमको सबैको रेकर्ड भएको दाबी गरे ।
राज्यबाट दिएको रकम अडिट भएर टुंगो लागेको विषय पटक पटक ल्याइएर राजनीतिकरण गर्न खोजेको आरोप उनले लगाए ।प्रतिनिधि सभामा भएको सांसद–प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले सोधेको प्रश्नको उत्तर दिँदै प्रचण्डले शिविरमा घोटाला भयो भन्नु गलत आरोप भएको दाबी गर्दै यदि कसैले छानबिनको माग गरेमा छानबिन गर्न तयार रहेको बताए ।
यस प्रति तपाइको धारणा के छ ?