काठमाडौं ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई निलम्बन गर्न संस्थापन इतरपक्षका शेखर गगन पक्षले दबाब दिएको छ ।
पक्राउ परेको साता दिन बढि बितिसक्दा पनि खाँणबारे कुनै निर्णय नभएपछि इतर पक्षले दबाब दिएको हो । पार्टी भित्र खाँणलाई निलम्बन गर्ने वा नगर्ने विषयमा दुई गुटबीच विवाद चर्किएको हो ।
सार्वजनिक रुपमा नै संस्थापनइतर गुटले खाणमाथि निलम्बनको दबाब दिइरहँदा संस्थापन पक्षले भने यो सस्तो लोकप्रियता मात्र भएको बताएको छ ।केही दिन अघि कांग्रेस प्रवक्ता प्रकाशशरह महतले खाँणले आफुलाई निर्दोष साबित गर्छु भनेकाले निलम्बन नगरिएको बताएका थिए ।
खाण पक्राउ परेपछि बसेको पदाधिकारी बैठकले तत्काल निलम्बन आवश्यक नरहेको ठहर गरेको थियो । तर, यसको बाहिर आलोचना हुन थालेपछि संस्थापनइतरका नेताहरु आक्रामक बनेका हुन् ।
महामन्त्री गगन थापाले पनि एउटा पदमा बसेको मान्छे अभियोग लागेपछि त्यो स्वतः निलम्बनमा पर्ने तर्क गरेका छन् ।
यस प्रति तपाइको धारणा के छ ?