Old Website
२०८० जेष्ठ २४, बुधबार
June 7, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गोरखाका हाकिमलाई मुख्यमन्त्रीको निर्देशनः ‘सेवा प्रवाहमा टाइमकार्ड लागू गर्नुस्’

केन्द्र खबर केन्द्र खबर
समाचार
२०८० जेष्ठ ४ १०:४२
गोरखाका हाकिमलाई मुख्यमन्त्रीको निर्देशनः ‘सेवा प्रवाहमा टाइमकार्ड लागू गर्नुस्’
ShareTweetPin

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसेवालाई जतिसक्दो छिटो बनाउन गोरखाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

जिल्ला भ्रमणका क्रममा गोरखा पुगेका पाण्डेले बुधबार कार्यालय प्रमुखहरुलाई भेटेर नागरिकले एउटै कामका लागि पटक पटक कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताएका हुन् । ‘एउटै कामका लागि सर्वसाधारण पटक–पटक आउनुपर्ने, कार्यालय धाउनुपर्ने बाध्यता हामीले हटाउनुपर्छ,’ उनले भने, ‘बरु सेवा छिटो र सहज बनाउन ‘टाईमकार्ड’ लागू गर्नुस् । समयमै काम भएन भने जनतामा आक्रोश बढ्छ । ब्यवस्थाप्रति नै बितृष्णा हुन सक्छ ।’

सरकारको सेवा प्रवाह झण्झटमुक्त हुनुपर्ने उनको भनाई छ । पाण्डेले सेवालाई प्रविधिमैत्री बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । प्रदेश सरकारले दैनिक सेवा प्रवाह झण्झट रहित बनाउन क्याविनेटबाट निर्णय गरिसकेको उनको भनाई छ । पाण्डे मुख्यमन्त्रीको पदबहाली भएकै दिन यातायात क्षेत्रलाई व्यवस्थित गर्नका लागि सुझाव लिन कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले प्रतिवेदन बुझाइसकेको छ । दरबन्दी अनुसारको कर्मचारी नहुँदा काम गर्न समस्या भएको गुनासो प्रदेश स्थित कार्यालयका प्रमुखहरुले गरेका थिए ।

गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा तत्काल कर्मचारी ब्यवस्थापन गरेर अन्य कार्यालयमा पनि थप्दै जाने मुख्यमन्त्री पाण्डेले प्रतिबद्धता जनाएका छन् । सेवा दिँदा जनतालाई राजनीतिक विभेद नगर्न पनि उनको निर्देशन छ । उनले संरक्षण सहितको विकास र विकास मार्फत राज्य संचालनको माध्यम निर्माण गर्नुपर्ने बताए । ‘हामीले आम्दानीको दायरा बढाउन सकेनौं भने सामाजिक उत्तरदायित्व बहन गर्न र जनताको अपेक्षा पुरा गर्न सक्दैनौं । त्यसैले विकास पनि गर्नुपर्छ । गरिएको विकासबाट राज्यले केही प्राप्त पनि गर्न सक्नुपर्छ,’ उनले भने ।

आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, रोजगारी, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिने भएकोले योजना छनोट गर्दा ख्याल गर्न उनको आग्रह छ । यस्तै, विकास निर्माणका काम गर्दा ठेकेदारबाट हुने बदमासी रोक्न नियमित अनुगमन र ताकेता गर्न कार्यालय प्रमुखले चासो दिनुपर्ने उनको भनाई छ ।

गोरखाका कार्यालय प्रमुखहरुले प्रदेशबाट छुट्याउने योजना कम बजेटको हुँदा कार्यन्वयन प्रभावकारी नभएको र लागु गर्न झन्झटिलो भएको गुनासो राखेका थिए । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले गोरखामा भएका समस्याका बारेमा मुख्यमन्त्री पाण्डेलाई जानकारी गराएका थिए । बिपद्को पूर्व तयारीका लागि विषेश ध्यान दिन उनले मुख्यमन्त्री पाण्डेलाई आग्रह गरे ।

यातायत कार्यालयको अनुगमन

यसैबीच, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यातायात व्यवस्था कार्यालय तनहुँको अनुगमन गरेका छन् । कार्यालयको अनुगमन गर्दै उनले यातायात व्यवस्था कार्यालयको कामलाई प्रविधिमैत्री बनाइने बताएका छन् ।

उनले कुनैपनि बहानामा सेवा प्रभावित हुन नहुने भन्दै छिटोछरितो सेवा दिन जनशक्ति व्यवस्थापन र प्रविधिमैत्री सेवाका लागि प्रदेश सरकारले काम अगाडि बढाएकोे जानकारी दिए । आफूले मुख्यमन्त्रीको कार्यभार सम्हाले लगत्तै यातायात व्यवस्था कार्यालयको सेवा प्रवाहलाई प्रविधिमैत्री र छिटोछरितो बनाउन कार्यदल गठन गरिएको र उक्त कार्यदलले सुझाव सहितको प्रतिवेदन दिइसकेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

सो क्रममा उनले सेवाग्राहीसँग कुरा गर्दै कार्यालयको सेवा प्रवाहको अवस्थाबारे चासो राखेका थिए । कार्यालयका निमित्त प्रमुख रामप्रसाद शर्माले स्थायी कर्मचारीको अभावमा सेवा प्रवाहमा समस्या भइरहेको मुख्यमन्त्रीको ध्यानाकर्षण गराए । कार्यालयले विमलनगरबाट सेवा प्रवाहका लागि व्यक्तिको घर पाँच वर्षका लागि भाडामा लिएको छ ।

कार्यालयले सवारी साधन दर्ता, चालक अनुमति (लाइसेन्स) वितरणको काम गर्दै आइरहेको छ । जिल्लाबाटै सवारीसाधन दर्ता र सवारी चालक अनुमतिपत्रको काम भएपछि पोखरा जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’
प्रमुख समाचार

विरोध गर्नेहरुबाटै भूमि साटफेरको निर्णय भएको छ, समय आएपछि प्रमाण देखाउँछु : प्रम प्रचण्ड

विद्युत प्राधिकरणले थाल्यो खर्च कटौती
प्रमुख समाचार

गर्मी बढेसँगै विद्युतको माग उच्च

पार्टी प्रवेश गर्न लागेको हैन : मणि थापा
राजनीति

पार्टी प्रवेश गर्न लागेको हैन : मणि थापा

ड्रग्स लुट्ने क्रममा कुटपिट गरी साथीको हत्या
समाचार

‘लिभिङ टुगेदर’ मा बस्दै आएका युवकले गरे युवतीको हत्या

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’
प्रमुख समाचार

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’

युक्रेनमा बाँध भत्कँदा सयौँ बस्ती डुबानमा
अन्तराष्ट्रिय

युक्रेनमा बाँध भत्कँदा सयौँ बस्ती डुबानमा

यस संग सम्बन्धित

ड्रग्स लुट्ने क्रममा कुटपिट गरी साथीको हत्या

‘लिभिङ टुगेदर’ मा बस्दै आएका युवकले गरे युवतीको हत्या

युक्रेनमा बाँध भत्कँदा सयौँ बस्ती डुबानमा

युक्रेनमा बाँध भत्कँदा सयौँ बस्ती डुबानमा

गण्डकी प्रदेश कब्बडी संघ गठन

गण्डकी प्रदेश कब्बडी संघ गठन

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)

आज कति छ डलर, युरोलगायतका विदेशी मुद्राको विनिमयदर ? सूचीसहित

भुटानी शरणार्थी प्रकरण : १४ जनालाई थप ३ दिन हिरातसमा राख्न अनुमति

शरणार्थी प्रकरणमा सरकारी वकिलतर्फको बहस सकियो

सत्यता सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन

सत्यता सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन

सर्वाधिक पढिएका

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’
प्रमुख समाचार

विरोध गर्नेहरुबाटै भूमि साटफेरको निर्णय भएको छ, समय आएपछि प्रमाण देखाउँछु : प्रम प्रचण्ड

विद्युत प्राधिकरणले थाल्यो खर्च कटौती
प्रमुख समाचार

गर्मी बढेसँगै विद्युतको माग उच्च

पार्टी प्रवेश गर्न लागेको हैन : मणि थापा
राजनीति

पार्टी प्रवेश गर्न लागेको हैन : मणि थापा

ड्रग्स लुट्ने क्रममा कुटपिट गरी साथीको हत्या
समाचार

‘लिभिङ टुगेदर’ मा बस्दै आएका युवकले गरे युवतीको हत्या

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’
प्रमुख समाचार

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’

युक्रेनमा बाँध भत्कँदा सयौँ बस्ती डुबानमा
अन्तराष्ट्रिय

युक्रेनमा बाँध भत्कँदा सयौँ बस्ती डुबानमा










केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.