काठमाडौँ ।
गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । सहसचिवको दरबन्दी रहने ६ जिल्लाका सिडिओहरूको सरुवा गरिएको गृह मन्त्रालयका प्रवक्ता जीतेन्द्र बस्नेतले जानकारी दिएका छन ।
कास्कीमा बासुदेव घिमिरे आउने भएका छन भने हाल रहेका सिडियो टेक बहादुर केसी गुल्मी सरुवा भएका छन् । यस्तै हाल सरुवा भएका सिडिओहरूमा धादिङमा बद्रीनाथ गैह्रे, ललितपुरमा रुद्र प्रसाद पण्डित, अछाममा शिवराज न्यौपाने, अर्घाखाँचीमा कमल राज ढकाल र गुल्मीमा टेक बहादुर केसी रहेका छन् ।
सरुवा भएकामध्ये टेक बहादुर केसी यसअघि कास्की जिल्लाको प्रमुख जिल्ला अधिकारी थिए । उनलाई सिडिओबाट पुनः सिडिओमै सरुवा गरिएको हो ।
यस प्रति तपाइको धारणा के छ ?