विराटनगर ।
विराटनगरमा अनिश्चिकालीन निषेधाज्ञा लागू भएको छ ।
कोशी प्रदेशको नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधाज्ञा लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति सुरक्षामा असर परेको भन्दै आइतबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको हो ।
मोरङका सीडीओ तीर्थराज भट्टराईका अनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको छ ।
आदेशको उल्लंघन गरिए कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।
यस प्रति तपाइको धारणा के छ ?