काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदै छ । ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको त्रिविले जनाएको छ ।
स्ववियु निर्वाचनअन्तर्गत केहीबेरमा मतदान सुरु हुन लागेको छ । अपराह्न ४ बजेसम्म मतदान हुने जनाइउको छ । स्ववियु निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेको त्रिविका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए ।
विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न विज्ञप्तिमार्फत त्रिविले अपिल पनि गरेको छ ।
यस प्रति तपाइको धारणा के छ ?