पोखरा।
पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा कलाकार दुर्गा बराल वात्स्यायनको आज नागरिक अभिनन्दन तथा रथारोहण गरिदै छ । चैत ४ अर्थात आज ८० वर्ष पूरा गरी ८१ वर्ष प्रवेश गरेको दिन बराललाई अभिनन्दन गर्न लागिएको हो । अभिनन्दन कार्यक्रम पोखराका साहित्यिक र वाङ्मयिक संस्थाहरुले संयुक्त रुपमा गर्न लागेका हुन् ।
चित्रकारितालाई अति यर्थाथवादी धारमा लग्न गरेको अतुलनीय योगदानको कदरस्वरुप रथारोहण गर्न लागिएको हो । बरालले वात्स्यायनका नाममार्फत व्यङ्ग्यचित्रका माध्यमबाट नेपाली समाज र राजनीतिक विकृति, विसङ्गति केलाउँदै व्यङ्ग्य चित्रकारितामा सर्वोच्च रुपमा आफूलाई उभ्याएका छन् ।
बरालको निवास पोखरा ३ नदीपुरबाट सुरु भई विन्ध्यवासिनी मन्दिर परिसरको सभाकक्षमा रथारोहण पुग्ने र औपचारीक कार्यक्रम हुने आयोजकले जनाएको छ ।
यस प्रति तपाइको धारणा के छ ?