पोखरा ।
शोकमा रहेका गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद प्रकाश बराल उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न काठमाडौं गएका छन् । शुक्रबार बिहान बुद्ध एयरमार्फत उनी काठमाडौं गएका हुन्।
बुवाको निधन पछि काजकिरियामा रहेका बराल मतदानका लागि गएका हुन् ।
उपराष्ट्रपतिको निर्वाचनमा प्रदेश सभा सदस्यको पनि मताधिकार हुन्छ । काजकिरियाकै पोसाकमा सांसद बराल काठमाडौं गएका हुन् । बराल कास्की ३ ख बाट निर्वाचित भएका हुन् । गएको फागुन २६ बरालका बुवाको निधन भएको थियो ।
यस प्रति तपाइको धारणा के छ ?