पोखरा ।
पोखराको चिप्लेढुङ्गामा आज बिहान नगरबसको ठक्करबाट एक युवतीको घटनास्थलमै ज्यान गएको छ ।
नगरबसले ठक्कर दिदाँ स्कुटर चालक २४ वर्षीय दिक्षा कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
झापा जिल्ला दमक ४ स्थायी घर भएकी दिक्षा हाल पोखरा महानगरपालिका ४ र्पस्याङ बस्दै आएकी थिइन् ।
प्रहरीको अनुसार सिद्धार्थ चोकबाट चिप्लेढुङ्गातर्फ आउँदै गरेको ग १ ख ७१०८ नम्बरको बसले ग १९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
बस र चालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
यस प्रति तपाइको धारणा के छ ?