काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढा नेतृत्वको नेकपा ९माओवादी समाजवादी०बीच पार्टी एकता हुने भएको छ ।
पार्टी एकताबारे जानकारी दिन आज दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपाका प्रचार विभाग इन्चार्ज अनिल शर्माले जानकारी दिए ।
आज प्रज्ञा भवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टी एकताबारे शीर्ष नेताहरूले पत्रकारहरूसँग साक्षात्कार गर्ने शर्माको भनाइ छ ।
यस प्रति तपाइको धारणा के छ ?