काठमाडौं । ठगीको आरोप लागेका पृथ्वीबहादुर शाह सहित ६ जना कारागार चलान भएका छन् ।
उनीहरुलाई अमेरिकामा ठगी गरेको रकम नेपाल भित्र्याएको आरोपका उनीहरुलाई काठमाडौं जिल्ला अदालतले आइतबार शाह र उनका भाइ विजयविक्रम शाहसहित ६ जनालाई थुनामा पठाउने आदेश गरेको हो ।
एकजनासँग भने ५० हजार रूपैयाँ धरौटी मागिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले ७ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।
प्रहरीको अनुसन्धानपछि २० जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको थियो । ठगी, सार्वजनिक लिखत कीर्ते र संगठित अपराधमा मुद्धा दायर भएको छ । पृथ्वीको करिब २ दर्जन कम्पनीका नाममा अमेरिकाबाट डलर आएको देखिएको दावी गरिएको छ। त्यो रकम अमेरिकामा ठगी गरेर नेपाल पठाइएको अनुसन्धानबाट खुलेको थियो ।
यस प्रति तपाइको धारणा के छ ?