Old Website
२०७९ चैत्र १२, आइतवार
March 26, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा महानगरको सातौं स्थापना दिवशमा २६ कर्मचारीलाई दीर्घसेवा सम्मान

केन्द्र खबर केन्द्र खबर
प्रमुख समाचार, समाचार
२०७९ फाल्गुन २८ २१:१९
पोखरा महानगरको सातौं स्थापना दिवशमा २६ कर्मचारीलाई दीर्घसेवा सम्मान
ShareTweetPin

पोखरा ।

पोखरा महानगरपालिकाले आफ्नो सातौं स्थापना दिवस विविध कार्यक्रमसहित मनाएको छ। पोखरा सभागृहमा आयोजित समारोहको उद्घाटन गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले  गरेका हुन् । उद्घाटन गर्दै उनले जनताको सर्वोपरि हितलाई सम्मान गर्दै नीतिहरूको निर्माण र कार्यान्वयनमा जोड दिए ।

उनले स्थानीय सरकारका सामु जनताको अपेक्षा पुरा गर्न निकै चुनौतीपूर्ण रहेको बताउँदै उपयुक्त योजनाको सफल कार्यान्वयन मार्फत जनअपेक्षा पुरा गर्नुपर्ने धारणा राखे। स्थानीय सरकार जनताको नजिकको सरकारका भएकाले पनि यसप्रति जनअपेक्षा निकै ठुलो रहेको प्रदेश प्रमुख गुरुङले स्मरण गराउनुभयो । संविधानको विरुद्धमा रहेका शक्तिहरूको चलखेल बढिरहेको उल्लेख गर्दै उनले जनताको भावना विपरीतका गतिविधिहरूलाई रोक्न सरकारको सेवा प्रवाहमा सुधार ल्याउनुपर्ने आवश्यकता औंल्याए ।

समारोहमा गण्डकी प्रदेशका कृषि ऊर्जा तथा जलस्रोत मन्त्री वेद बहादुर गुरुङले महानगरपालिकाको समग्र भूगोलको समानुपातिक तथा सम न्यायिक विकासमा जोड दिए ।

पोखरा महानगरपालिका सल्लाहकार परिषद्का संयोजक आनन्दराज मुल्मीले पोखरालाई जीवन्त र चलायमान सहरको रूपमा विकास गर्नु पर्ने बताए । “पोखरा महानगरपालिकालाई जीवन्त सहरको रूपमा विकास गर्ने हामी सबैको सोच हो, विकास मात्र पर्याप्तता होइन, विकास मात्र साध्य होइन, संयोजक मुल्मीले भने, यो सहरलाई जीवन्त राख्नका लागि राजनीतिक रूपमा, आर्थिक रूपमा, सामाजिक रूपमा, सांस्कृतिक रूपमा अथवा हामी सबै हिसाबले चलायमान हुन जरुरी छ ।” अन्तर्राष्ट्रिय सहरका रूपमा विकसित हुँदै गरेको पोखराको विकासमा समस्या र चुनौतीहरू दुवै रहेको बताउँदै संयोजक मुल्मीले यसको सामनाका लागि एकीकृत प्रयासमा जोड दिए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बितेको नौ महिनामा थुप्रै स्मरणयोग्य कामहरू सम्पन्न गरिएको बताए । पोखरा महानगरपालिकालाई समुन्नत बनाउने सन्दर्भमा पहिलो वर्षलाई आधार वर्षका रूपमा विकासका आधारहरू तय गरिएको उनले बताए। यसको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनाहरू सहित आफूहरू लागि परेको प्रमुख आचार्यले बताए । शिक्षा, स्वास्थ्य लगायतका आभार भूत विषयहरूलाई मसिनो गरी अगाडी बढाएको बताए।

पोखरा महानगरपालिका वडा नं।२ का अध्यक्ष एवं नेपाली काँग्रेस दलका नेता दिवसमान प्रधानाङ्गले जनताका सामु गरिएका बाचाहरू पुरा गर्न आफुनहरु प्रतिबद्ध रहेको बताए । पोखरा महानगरपालिका वडा नं.१७ की अध्यक्ष एवं नेकपा एमाले दलकी नेता राधिका कुमारी शाही योगीले समुन्नत महानगर निर्माणको अभियानमा हातेमालो गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिइन् ।

समारोहमा विभिन्न सम्मानहरू समेत प्रदान गरिएको छ । पोखरा महानगरपालिकाको नीति निर्माण तथा प्राविधिक विषयहरूमा सहयोग गर्ने नेपाल सहरी उत्थान परियोजना (सुदृढ), जग्गा वर्गीकरण कार्यमा विशेष सहयोग गर्ने नापी कार्यालय कास्कीका नापी अधिकृत इ.प्रदीप श्रेष्ठ, नापी अधिकृत इ.शोभा आचार्य, ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने जिल्ला ट्राफिक प्रहर कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरीक्षक प्रवीण आचार्य, गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल विक्रम खड्कालाई सम्मान गरिएको छ ।

यस्तै वातावरण संरक्षणका लागि महाअभियान कास्की, पश्चिम पृतना हे।क्वा विजयपुर, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखरा, श्री राईजिङ यूथ क्लब पोखरा २७, भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लि., दीपशिखा महिला बचत तथा ऋण सहकारी संस्था लि. लगायतलाई पोखरा महानगरपालिकाद्धारा सञ्चालित सरसफाइ अभियानहरूमा विशेष सहयोग गरे बापत कदर पत्र प्रदान गरिएको हो ।

महानगरपालिकाले नगर पञ्चायत स्थापनाको ६३ औँ र महानगरपालिका स्थापनाको सातौँ वार्षिक उत्सवका अवसरमा २६ जना कर्मचारीहरूलाई दीर्घ सेवा पदक समेत प्रदान गरेको छ । सो पदक प्राप्त गर्नेमा किरण प्रसाद कोइराला, माधव प्रसाद तिवारी, नानीबाबु ढकाल, लोक दर्शन कोइराला, कमला गुरुङ, सावित्री तिमिल्सीना, स्थाने स्वर ढुङ्गाना, देवी कुमारी गुरुङ, शेर बहादुर कुँवर, बुद्धिमान नेपाली, तीर्थ कुमारी अधिकारी, लक्ष्मीदेवी शर्मा, द्रोणबन्धु भुत्र्याल, सन्तबहादुर के।सी, तेज बहादुर थापा, रमेश पौडेल, यज्ञ बहादुर गायक, ध्रुव गायक, पूर्ण कामी, सो माया कामी, गणेश कुमारी श्रेष्ठ, सम्झना गायक, बालु जलारी, टिकामाया जलारी, सानो मसिनी दर्जी र भगवती गायक रहे ।

महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरिया वर्षको सर्वोत्कृष्ट कर्मचारीबाट सम्मानित भए । यस्तै नेत्रप्रसाद तिमिल्सीना, हर्क गायक, नरेन्द्रदेवी पौडेल, लक्षु गायक, रोशनी थापा मगर, पुरुषोत्तम थापा, शर्मिला भण्डारी, रवीन्द्र अधिकारी, लोक दर्शन कोइराला र प्रमोद गुरुङ वर्ष उत्कृष्ट कर्मचारी सम्मानबाट सम्मानित हुनुभएको छ । सर्वोत्कृष्ट कर्मचारी कडरियालाई नगद रु।२५ हजार र अन्यलाई नगद रु।१५ हजारका दरले सम्मान गरिएको हो ।

सो अवसरमा पोखरा महानगरपालिकाद्धारा प्रकाशित पोखरा दर्पण विशेष अङ्क समेत विमोचन गरिएको छ भने, होटेल ग्रान्डलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको छ । यस अधि पोखराको मानवअधिकार चोक देखी पोखरा सभागृहसम्म प्रभातफेरी गरिएको थियो । महानगरपालिका स्थापना दिवसका अवसरमा विजयपुर खोला सरसफाइ तथा कर्मचारी र जनप्रतिनिधि बिभ मैत्रीपूर्ण फुटबल प्रतियोगिता समेत गरिएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

स्वस्तिमाको ‘पशुपतिप्रसाद २ : भष्मे डन’मा भएको ‘एक्सक्लुसिभ लुक्स’ सार्वजनिक
मनोरञ्जन

स्वस्तिमाको ‘पशुपतिप्रसाद २ : भष्मे डन’मा भएको ‘एक्सक्लुसिभ लुक्स’ सार्वजनिक

लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग,५४ सांसदको हस्ताक्षर
प्रमुख समाचार

लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग,५४ सांसदको हस्ताक्षर

ज्ञानेन्द्र शाहीको प्रस्ताव : सांसद र मन्त्रीका सचिवको तलब घटाएर खेलाडीको बढाऔं
राजनीति

ज्ञानेन्द्र शाहीको प्रस्ताव : सांसद र मन्त्रीका सचिवको तलब घटाएर खेलाडीको बढाऔं

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित
समाचार

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित

लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिदै माओवादी
राजनीति

लुम्बिनी सरकारबाट माओवादी मन्त्रीहरूले दिए राजीनामा

सत्ता साझेदार दलको बैठक बस्दै
प्रमुख समाचार

सत्ता साझेदार दलसँग छलफल गर्दै प्रम दाहाल : कसले कुन मन्त्रालय लिने टुंगो लगाउने

यस संग सम्बन्धित

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)

साताको पहिलो दिन आज कुन देशको मुद्राको मूल्य कति ? सूचिसहित

आज बोलाइएको प्रतिनिधिसभा बैठक यसकारण स्थगित!

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

इन्गेजमेन्टपछि विवाह नहुने भएपछि युवतीले गरिन केटाको घरमा गई आत्मदाह !

मकवानपुरमा महिलाले डिजेल खनाएर आफ्नै शरीरमा लगाइन् आगो

सर्वाधिक पढिएका

स्वस्तिमाको ‘पशुपतिप्रसाद २ : भष्मे डन’मा भएको ‘एक्सक्लुसिभ लुक्स’ सार्वजनिक
मनोरञ्जन

स्वस्तिमाको ‘पशुपतिप्रसाद २ : भष्मे डन’मा भएको ‘एक्सक्लुसिभ लुक्स’ सार्वजनिक

लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग,५४ सांसदको हस्ताक्षर
प्रमुख समाचार

लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग,५४ सांसदको हस्ताक्षर

ज्ञानेन्द्र शाहीको प्रस्ताव : सांसद र मन्त्रीका सचिवको तलब घटाएर खेलाडीको बढाऔं
राजनीति

ज्ञानेन्द्र शाहीको प्रस्ताव : सांसद र मन्त्रीका सचिवको तलब घटाएर खेलाडीको बढाऔं

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित
समाचार

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित

लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिदै माओवादी
राजनीति

लुम्बिनी सरकारबाट माओवादी मन्त्रीहरूले दिए राजीनामा

सत्ता साझेदार दलको बैठक बस्दै
प्रमुख समाचार

सत्ता साझेदार दलसँग छलफल गर्दै प्रम दाहाल : कसले कुन मन्त्रालय लिने टुंगो लगाउने

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.