Old Website
२०७९ चैत्र १२, आइतवार
March 27, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ड्रागन खेती मार्फत पालिकावासीलाई उत्पादनमा प्रेरित गर्दै कालीगण्डकी

केन्द्र खबर केन्द्र खबर
अर्थ, प्रमुख समाचार
२०७९ फाल्गुन २७ ०९:०३
ड्रागन खेती मार्फत पालिकावासीलाई उत्पादनमा प्रेरित गर्दै कालीगण्डकी
ShareTweetPin

गोविन्द सुवेदी
पोखरा ।

जनतासंग जमिन भाडामा लिएर खेती गर्दै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले जनतालाई नै खेती गर्न उत्प्रेरित गरेको छ । सिंचाइँको सुविधा नभएको र केही उत्पादन गरे बाँदरले हैरान पार्ने भएपछि निरास हुँदै स्थानीयले खेती गर्न छोडेपछि बाँझिएको जमिन भाडामा लिएर पालिकाले ड्रागन फ्रुटको खेती गर्दै जनतालाई पनि खेती गर्न उत्प्रेरित गरेको हो ।

पालिकाको वडा नम्बर ४ स्थित विर्घा पुच्छारमा रहेको जमिन मध्ये २४ रोपनी जमिन भाडामा लिएर गाउँपालिकाले ४८ सय ड्रागनका फ्रुटका विरुवा रोपेको छ । १६ सय थान पिलर खडा गरेर रोपिएको ड्रागन फ्रुट खेतीले गत वर्षबाट नै उत्पादन दिन सुरु गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले जानकारी दिए ।

पालिकाकका कृषि अधिकृत अनुप पौडेलका अनुसार पहिलो वर्ष उत्पादन भएको फल सबै स्थानीय स्तरमै खपत भएको छ । पहिलो वर्ष करिव ६५ हजार रुपैयाँ मूल्य पर्ने फल उत्पादन भएको हो । यो वर्ष यसको चार गुणा बढी फल उत्पादन हुने उनले अनुमान लगाए ।

कालीगण्डकी गाउँपालिकालाई विकास निर्माणमा उदाहरणीय बनाउँछौं : अध्यक्ष थापा

तीन वर्ष अगाडि रौतहटबाट विरुवा ल्याएर खेती सुरु गरेको पालिकाले अहिले आफ्नै नर्सरीमा उत्पादन गरेका विरुवा पालिकावासीलाई उपलब्ध गराउने हैसियतमा पुगेको छ । ‘स्थानीयले यो जमिनमा खेती गर्न छोड्नुभएको थियो । हामीले त्यसलाई भाडामा लिएर सुरु गरेका हौं । रौतहटबाट विरुवा ल्याइएको हो । अहिले यहिँ विरुवा उत्पादन भएका छन् । हामीले पालिकाका बासिन्दालाई अहिले पोल निसुल्क र विरुवाका लागि ५० प्रतिशत अनुदानको व्यवस्था गरेका छौं ।’ उनले भने, ‘स्थानीयहरु पनि यस खेती प्रति आकर्षित भइरहनुभएको छ ।’

संघीय सरकारले उपलब्ध गराएको ससर्त अनुदान र पालिकाको समेत गरेर ड्रागन फ्रुटका लागि झण्डै ८० लाख रुपैयाँ उपयोग गरिएको पौडेलले बताए । यसमा तारजाली लगाउने, रेखदेख गर्ने कर्मचारीको आवास लगायतका व्यवस्थानका साथै किसानलाई समेत पोल र विरुवा दिने काम भइरहेको उनले जानकारी दिए ।

स्थानीय कृषकले पालिकालाई वार्षिक दुई हजारदेखि दुई हजार २०० रुपैयाँसम्ममा प्रति रोपनीका दरले जग्गा उपलब्ध गराएका हुन् । सिंचाइँको असुविधा र बाँदरको समस्यामा रहेका किसानहरु अहिले यसको खेती तर्फ आकर्षित भएका हुन् ।

निरास किसानको अत्मविश्वास बढाउन सफल भयौं : पालिका अध्यक्ष थापा

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खीम विक्रम थापाले ड्रागन फ्रुटको खेती मार्फ सिंचाइँ सुविधा नभएका र बाँदरबाट प्रताडित किसानमा आफूहरुले आत्म विश्वास बढाउन सफल भएको प्रतिक्रिया दिए । सुरुमा सिंचाइँ सुविधा नभएको ठाउँमा कसरी उब्जाउ बढाउने भन्ने हामीमा चिन्ता थियो ।

हामीले पानी कम भएपनि खेती गर्नसकिने के उपाए होला भनेर गुगलमा सर्च ग¥यौं । कृषि विज्ञहरुसंग बस्यौं । माटो परीक्षण पनि गरायौं ।’ उनले भने, ‘त्यसपछि ड्रागनको खेती राम्रो हुने निस्कर्षमा पुगेको हो । यसमा जनतालाई आफै गर्नुस् भन्यो भने विश्वास हुन्थेन । पहिले आफैले सुरु गरौं भनेर पालिकाले नै खेती गर्ने निर्णय गरेका हौं । अहिले किसानमा उत्साह भरिएको छ । यसको खेती तर्फ आकर्षण बढेको छ ।’

सयपत्री फूल उत्पादन, कृषि, पशुपालन र पूर्वाधार विकासमा पालिकाले महत्वपूर्ण काम गरेको अध्यक्ष थापाले बताए । देशकै उत्कृष्ट गाउँपालिका निर्माणमा आफूहरु लागिपरेको उनको भनाई छ । ‘ड्रागन फ्रुटको खेती आफै गरेका छौं । यसको विस्ता गछौं । जनताहरु उत्साहित हुनुहुन्छ । सयपत्री फूल हामीले निर्यात गर्ने हैसियत बनाएका छौं । यहाँ (पालिका) मा चाहिने फूल हामी बाहिरबाट आयात गर्दैनौं । तरकारी उत्पादन र पशुपालन त्यसमा पनि विशेषगरी बाख्रा पालनमा किसानको अत्याधिक आकर्षण बढेको छ । हामी आसा जगाएका छौं’ उनले भने ।

 

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने
राजनीति

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार
समाचार

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार

मोरङ ५ बाट उपेन्द्र यादवको नाम सिफारिस
राजनीति

रेशम चौधरी केही महिनामै रिहा हुने उपेन्द्र यादवको दाबी

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय
राजनीति

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
राजनीति

ओलीको कटाक्ष : ‘मति सप्रिन्छ किन भनेर प्रधानमन्त्री बनाएँको भोलिपल्टबाटै चालमाल ठीक भएन’

मोटरसाइकल तिनाउ नदीमा खस्दा  श्रीमान-श्रीमती घाइते
समाज

मोटरसाइकल तिनाउ नदीमा खस्दा श्रीमान-श्रीमती घाइते

यस संग सम्बन्धित

लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग,५४ सांसदको हस्ताक्षर

लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग,५४ सांसदको हस्ताक्षर

सत्ता साझेदार दलको बैठक बस्दै

सत्ता साझेदार दलसँग छलफल गर्दै प्रम दाहाल : कसले कुन मन्त्रालय लिने टुंगो लगाउने

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)

साताको पहिलो दिन आज कुन देशको मुद्राको मूल्य कति ? सूचिसहित

आज बोलाइएको प्रतिनिधिसभा बैठक यसकारण स्थगित!

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

मन्त्रिपरिषद् पुनर्गठनका लागि माओवादी केन्द्रको बैठक

मन्त्रिपरिषद् पुनर्गठनका लागि माओवादी केन्द्रको बैठक

कांग्रेसले माग्यो गण्डकीका मुख्यमन्त्री अधिकारीको राजिनामा

कांग्रेसले माग्यो गण्डकीका मुख्यमन्त्री अधिकारीको राजिनामा

सर्वाधिक पढिएका

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने
राजनीति

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार
समाचार

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार

मोरङ ५ बाट उपेन्द्र यादवको नाम सिफारिस
राजनीति

रेशम चौधरी केही महिनामै रिहा हुने उपेन्द्र यादवको दाबी

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय
राजनीति

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
राजनीति

ओलीको कटाक्ष : ‘मति सप्रिन्छ किन भनेर प्रधानमन्त्री बनाएँको भोलिपल्टबाटै चालमाल ठीक भएन’

मोटरसाइकल तिनाउ नदीमा खस्दा  श्रीमान-श्रीमती घाइते
समाज

मोटरसाइकल तिनाउ नदीमा खस्दा श्रीमान-श्रीमती घाइते

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.