काठमाडौं ।
सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान घटाउने भएको छ । औसतमा ७५ प्रतिशतको अनुदानलाई ५० प्रतिशतमा झार्न लागिएको हो ।
अर्थ मन्त्रालयले कृषि मन्त्रालयलाई पटक(पटक ताकेता गरेर रासायनिक मलमा अनुदान घटाउन भनेको हो । अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य बढ्दै जाँदा सरकारका दायित्व पनि बढेको भन्दै ५० प्रतिशतमा झार्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ ।
सरकारले विगत सात वर्षमा मलमा १ खर्ब बढी अनुदान दिएको कृषि मन्त्रालयको तथ्यांक छ ।कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले अनुदानको प्रतिशत अन्तर्राष्ट्रिय मूल्यअनुसार थपघट हुने गरेको बताए । उनका अनुसार हाल युरिया मलमा ८० प्रतिशत अनुदान छ । डीएपीमा ६८ प्रतिशत छ । त्यस्तै पोटासमा ६७ प्रतिशत अनुदान पुगेको छ ।
औसतमा ७५ प्रतिशत हुने उनले बताए । अन्तर्राष्ट्रिय मूल्य जति नै तलमाथि भए पनि किसानले तिर्ने मूल्य भने निश्चित छ ।
यस प्रति तपाइको धारणा के छ ?