Old Website
२०७९ चैत्र १२, आइतवार
March 26, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

क्रियाशील पत्रकारहरुका लागि पोखरामा भाषा सम्पादन तालिम

केन्द्र खबर केन्द्र खबर
समाचार, समाज
२०७९ फाल्गुन २६ १५:१२
क्रियाशील पत्रकारहरुका लागि पोखरामा भाषा सम्पादन तालिम
ShareTweetPin

पोखरा ।

क्रियाशील पत्रकारहरुका लागि पोखरामा भाषा सम्पादन तालिम सुरु भएको छ । पोखरा महानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा शुक्रबार देखि आइतबार सम्म तालिम हुनेछ ।

तालिमको सहजकर्ताको रुपमा भाषाविज्ञ शरदचन्द्र वस्ती र विमल आचार्य रहेका छन् । तालिमको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे ।

उनले भाषा अग्रगामी हुने र भाषाको विषयमा पत्रकार सक्षम हुनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । तालिमले भाषाको कलात्मकताको विषयमा सुधार ल्याउन मदत पुग्ने विश्वास लिएका छन् ।

‘संचार जगतमा काम गर्ने संचारकर्मीले भाषाका विषयमा ख्याल गर्नुपर्ने देखिन्छ । भाषाका विषयमा समयसापेक्ष हुन सकेनौं भने स्वभाविक रुपमा आक्रमण हुँदै जान्छ ।’, उनले भने ।

भाषाको विषयलाई व्यापक बनाउन सबै सचेत हुनुपर्ने आवश्यकता रहेको भनाई मुख्यमन्त्रीको छ । कलम चलाउँदा दुर्घटना नहुने गरी भाषाको प्रयोग गर्न पत्रकारलाई उनले आग्रह गरेका छन् । भाषा सम्पादनको तालिमले नयाँ उर्जा मिल्ने उनले बताए ।

सहजकर्ता शरदचन्द्र वस्तीले मुल संचार माध्यम भनेकै भाषा भएको उल्लेख गरे । उनले सबैखालको विषयगत रिर्पोटिङका लागि भाषा महत्वपूर्ण भएको बताए ।

समाचारमा भाषाको प्रयोग गर्दा अनर्थ नलाग्ने शब्दको प्रयोग गर्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले संचारमाध्यममा आएका समाचारमा भाषाशैली स्तरिय नहुँदा समस्या आएको बताइन् ।

भाषाको स्तर गिर्दो हुँदा समाजमा विकृति फैलिएको अभिव्यक्ति उनको छ । उनले समय समयमा भाषाका विषयमा तालिम गर्दै जानुपर्ने सुझाव दिएकी छिन् ।

पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोबिन्द सुवेदीले भाषा शुद्धिकरणमा तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । उनले समाचार लेखनमा भाषाको अज्ञानता हुँदा वेअर्थ लाग्ने गरेको भनाई उनको छ ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पोखरा महानगरपालिकाको सहयोगमा आयोजना गरिएको भाषा सम्पादन तालिम फलदायी हुने विश्वास लिएकी छिन् ।

उनले भाषा माथि नै प्रश्न चिन्ह खडा हुँदा भाषा सम्पादनको तालिम आवश्यक ठानेर आयोजना गरिएको जानकारी गराइन् । गण्डकी सरकार प्रेसमैत्री तवरले अगाडि बढेमा संचारमाध्यममा भाषाका विषयमा आएका समस्यालाई समाधान गर्ने गरी लाग्न सकिने धारणा उनको छ । प्रेस सुधारमा सरकारको दायित्वको पनि अपनत्व हुने गरी लाग्न उनले आग्रह गरेकी छिन् ।

तालिमका संयोजक पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले नेपाली भाषामा पटकपटक आक्रमण हुँदा समस्या खेप्नुपरेको बताए ।

जसलाई समाधान गर्न यस्ता तालिमको आवश्यक पर्ने भनाई उनको छ । पोखरामा क्रियाशील पत्रकारिता गर्दै आएका पत्रकारहरुले तालिम बाट लाभ लिनेमा उनी विश्वस्त देखिन्छन् । तालिममा ५५ जनाको सहभागिता छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने
राजनीति

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार
समाचार

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार

मोरङ ५ बाट उपेन्द्र यादवको नाम सिफारिस
राजनीति

रेशम चौधरी केही महिनामै रिहा हुने उपेन्द्र यादवको दाबी

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय
राजनीति

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
राजनीति

ओलीको कटाक्ष : ‘मति सप्रिन्छ किन भनेर प्रधानमन्त्री बनाएँको भोलिपल्टबाटै चालमाल ठीक भएन’

मोटरसाइकल तिनाउ नदीमा खस्दा  श्रीमान-श्रीमती घाइते
समाज

मोटरसाइकल तिनाउ नदीमा खस्दा श्रीमान-श्रीमती घाइते

यस संग सम्बन्धित

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)

साताको पहिलो दिन आज कुन देशको मुद्राको मूल्य कति ? सूचिसहित

इन्गेजमेन्टपछि विवाह नहुने भएपछि युवतीले गरिन केटाको घरमा गई आत्मदाह !

मकवानपुरमा महिलाले डिजेल खनाएर आफ्नै शरीरमा लगाइन् आगो

आज चट्याङसहित वर्षाको सम्भावना

आज दिउँसो यी प्रदेशमा मेघ गर्जन पानी पर्ने सम्भावना

सर्वाधिक पढिएका

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने
राजनीति

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार
समाचार

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार

मोरङ ५ बाट उपेन्द्र यादवको नाम सिफारिस
राजनीति

रेशम चौधरी केही महिनामै रिहा हुने उपेन्द्र यादवको दाबी

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय
राजनीति

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
राजनीति

ओलीको कटाक्ष : ‘मति सप्रिन्छ किन भनेर प्रधानमन्त्री बनाएँको भोलिपल्टबाटै चालमाल ठीक भएन’

मोटरसाइकल तिनाउ नदीमा खस्दा  श्रीमान-श्रीमती घाइते
समाज

मोटरसाइकल तिनाउ नदीमा खस्दा श्रीमान-श्रीमती घाइते

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.