काठमाडौं ।
काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । उडान नं। ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो ।
सो जहाजलाई काठमाडौंमै आकस्मिक अवतरण गराउने तयारी छ । विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएका थिए ।
विमानको एउटा इन्जिनमा समस्या आएपछि काठमाडौं फर्काएर त्रिभुवन विमानस्थलमा अवतरण गराइएको छ ।
यस प्रति तपाइको धारणा के छ ?