Old Website
२०७९ चैत्र १२, आइतवार
March 26, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अनुगमनबाट जोगिन व्यवसायीले गरे सटर बन्द, अवैध भारतीय गुट्खा र सूर्तिजन्य पदार्थ जफत

केन्द्र खबर केन्द्र खबर
अर्थ
२०७९ फाल्गुन २२ १६:५१
अनुगमनबाट जोगिन व्यवसायीले गरे सटर बन्द, अवैध भारतीय गुट्खा र सूर्तिजन्य पदार्थ जफत
ShareTweetPin

भैरहवा ।

अनुगमनबाट जोगिन रुपन्देहीको रोहिणी गाउँपालिका–३, धकधईका स्थानीयले सटर बन्द गरेर भागेका छन् । सोमबार बजार अनुगमन गर्न जिल्ला अनुगमन समिति धकधई बजार पुगेको थियो । समितिले केही पसलहरुमा अनुगमन सुरु गरेपछि व्यवसायीले पसल बन्द गरेर अनुगमन समितिलाई छलेका हुन् ।

धकधई बजारका ७ वटा पसलमा एकैपटक समितिले अनुगमन गरेको थियो । त्यसपछि अन्य ब्यवासयीले धमाधम सटर बन्द गरेको अनुगमन समिति संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए । ‘सटर बन्द गरेर अनुगमनलाई असहयोग गर्ने व्यवसायीलाई कानूनी दायरामा ल्याइने छ’, उनले भने, ‘केहीलाई फोन गरेर ३ दिनभित्र प्रशासनमा कागजपत्र लिएर हाजिर हुन् निर्देशन दिएका छौं, अन्यलाई फेरि अनुगमन गरेर गलत भेटिए कारबाही गर्छौं ।’

समितिले केही पसलहरुमा अनुगमन गरेको थाहा पाएपछि होलसेल मार्ट, किराना, खाद्यान्न, इलेक्ट्रिक, होटल तथा रेष्टुरेन्ट, मिठाई, पान लगायतका व्यवसायीले व्यवसाय बन्द गरेर भागेको अर्यालले जनाए । ‘हामीले पसल बन्द नगर्न आग्रह गरे पनि अटेरी गरेर धमाधम पसल बन्द गरेको पाइयो,’ उनले भने, ‘प्रक्रियागतरुपमा राम्रो ढंगबाट व्यवसाय गरेका कुनै पनि व्यवसायी अनुगमनबाट डराउनु पर्दैन । गलत गर्ने मात्रै यसरी भाग्छन् ।’ उनले राम्रो र प्रक्रिया पुर्याएर व्यवसाय गर्नेलाई राज्यले सधैं संरक्षण गर्ने र गलत गर्नेलाई नछाड्ने जनाए ।

समितिले भैरहवा–परासी सडकखण्डमा पर्ने ओमसतिया गाउँपालिका–४, बालापुर र बसन्तपुरका ४ वटा पसल तथा रोहणीको धकधई क्षेत्रका ७ वटा पसलहरुमा अनुगमन गरेको हो । अनुगमनका क्रममा भन्सार छली गरी अवैधरुपमा नेपाल भित्र्याइएका भारतीय सूर्ति र गुट्खाजन्य बरामद गरिएको छ । बरमद गरिएको गुट्खा तथा सूर्तिजन्य पदार्थ नष्ट गरिने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले जनाए । ‘हामीले बरामद गरेर ल्याएका सबै सूर्ति र गुट्खाजन्य पदार्थ प्रक्रिया पुर्याएर नष्ट गर्छौं’, उनले भने, ‘बजार अनुगमन नियमित भइरहेको छ । यसलाई अझै बढवा दिएर प्रभावकारी बनाउँदै लैजान्छौं ।’

सूर्ति तथा गुट्खाजन्य पदार्थ बाह्य मुलुकबाट आयात गर्दा खरिद गरेको मूल्यको ८० प्रतिशत भन्सार महशुल, १३ प्रतिशत मूल्य अभिबृद्धि कर, प्रतिकिलो ८ सय २१ रुपैयाँ अन्तशुल्क र ६० रुपैयाँ स्वास्थ्य जोखिम कर लाग्छ । यस्ता कर छली गर्न व्यवसायीले अवैध बाटोबाट गुट्खा तथा सूर्तिजन्य पदार्थ नेपाल भित्र्याइरहेका छन् । यसबारे जनगुनासो आएपछि समितिले अनुगमन गरी सूर्ति तथा गुट्खाजन्य पदार्थ जफत गरेको जनाएको छ । समितिका अनुसार दुई बोरा सूर्ति तथा गुट्खाजन्य पदार्थ जफत गरिएको छ । धेरै व्यवसायीले अनुगमनलाई असहयोग गरी व्यवसाय बन्द गरेकाले सबै अवैध सामान जफत गर्न कठिनाई भएको समितिको भनाई छ ।

लुम्बिनी प्रदेशेको उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक दामोदर भण्डारीले अनुगमनका क्रममा दर्ता तथा नविकरण विना सूर्तिजन्य पदार्थ विक्रीवितरण गरिरहेको र अवैध भातरीय गुट्खा विक्री गरेको पाइएको बताए । उनले अवैध सूर्तिजन्य पदार्थ जफत गरेर र व्यवसायीलाई सचेतसमेत गराइएको जनाए । ‘हामीले सामान जफतसँगै धेरै व्यवसायीलाई सचेत गराएका छौं’, उनले भने, ‘फेरि पनि त्यस क्षेत्रमा अनुगमन हुन्छ, यदि फेरि अवैध सामान भेटिए व्यवसायीलाई जरिवाना गरी कारबाही गर्छौं ।’ उनले अब निर्देशनालयले व्यवसायीलाई सचेतनाका कार्यक्रम संचालन गरेर सचेत समेत गराउने जनाए ।

समितिले अवैध सूर्ति तथा गुट्खाजन्य पदार्थ विक्री गर्दै आएका व्यवसायीलाई सचेत गराई दर्ता, नविकरण नभएका पसललाई तत्काल दर्ता नविकरण गर्न निर्देशन दिएको छ । साथै, सूर्ति तथा गुट्खाजन्य पदार्थ विक्री गर्ने अनुमति नलिइ विक्रीवितरणमा रोक समेत लगाएको छ । अहिले रुपन्देही लगायत नेपाली बजारमा अवैध बाटोबाट कमला पसन्द, शुद्ध पलस, रजनीगन्ध, बिमल नामका भारतीय गुट्खा भित्रिँदा कर छली दैनिक बढ्दो छ । यसलाई रोक्न अनुगमन समितिले अनुगमनलाई तिव्रता दिएको हो ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने
राजनीति

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार
समाचार

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार

मोरङ ५ बाट उपेन्द्र यादवको नाम सिफारिस
राजनीति

रेशम चौधरी केही महिनामै रिहा हुने उपेन्द्र यादवको दाबी

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय
राजनीति

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
राजनीति

ओलीको कटाक्ष : ‘मति सप्रिन्छ किन भनेर प्रधानमन्त्री बनाएँको भोलिपल्टबाटै चालमाल ठीक भएन’

मोटरसाइकल तिनाउ नदीमा खस्दा  श्रीमान-श्रीमती घाइते
समाज

मोटरसाइकल तिनाउ नदीमा खस्दा श्रीमान-श्रीमती घाइते

यस संग सम्बन्धित

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)

साताको पहिलो दिन आज कुन देशको मुद्राको मूल्य कति ? सूचिसहित

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)

साताको अन्तिम दिन आज कस्तो छ विदेशी विनिमयदर ? (सूचिसहित)

आज अष्ट्रेलियन डलरको बिक्रीदरमा वृद्धि: हेर्नुहोस् अन्य देशका मुद्रा किनबेचदर(सुचीसहित)

विदेशी विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ? (सूचीसहित)

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)

आज कस्तो छ विदेशी विनिमयदर ? (सूचीसहित)

आज नेप्से बन्द रहने

आज नेप्से बन्द रहने

आज अष्ट्रेलियन डलरको बिक्रीदरमा वृद्धि: हेर्नुहोस् अन्य देशका मुद्रा किनबेचदर(सुचीसहित)

आज पाउण्ड र युरो बढ्यो, डलरको भाउ कति छ ?(सूचीसहित)

सर्वाधिक पढिएका

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने
राजनीति

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार
समाचार

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार

मोरङ ५ बाट उपेन्द्र यादवको नाम सिफारिस
राजनीति

रेशम चौधरी केही महिनामै रिहा हुने उपेन्द्र यादवको दाबी

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय
राजनीति

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
राजनीति

ओलीको कटाक्ष : ‘मति सप्रिन्छ किन भनेर प्रधानमन्त्री बनाएँको भोलिपल्टबाटै चालमाल ठीक भएन’

मोटरसाइकल तिनाउ नदीमा खस्दा  श्रीमान-श्रीमती घाइते
समाज

मोटरसाइकल तिनाउ नदीमा खस्दा श्रीमान-श्रीमती घाइते

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.