पोखरा ।
आज रङहरुको पर्व होली हर्सोल्लासका साथ मनाइँदैछ । पर्यटकिय नगरी पोखरामा पनि विविध कार्यक्रमका आयोजना गरिएका छन् । रेवान पोखराले पर्यटकका लागि होली कार्यक्रममा आयोजना गदैछ ।
पोखरा घुम्न आएका पर्यटक हरेक वर्ष होलीको अवसरमा रमाउने गरेका छन् । पोखराको लेकसाइडमा होलीको विशेष रौनक देख्न सकिन्छ । विहानै बाट बालबालिकाहरु होलीमा रमाइरहेका छन् । विभिन्न स्थानमा सास्कृतिक लगायतका कार्यक्रम पनि आयोजना गरिएको छ ।
यस प्रति तपाइको धारणा के छ ?