पोारखा ।
प्रेस क्लब गण्डकीको अध्यक्षमा एकराज गिरी सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न संस्थाको प्रथम अधिवेशनबाट गिरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
आगामी तीन वर्षका लागि गिरीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत समेत चयन भएको छ ।
संस्थाको उपाध्यक्षमा राजाराम पौडेल, सचिव गौरव त्रिपाठी, कोषाध्यक्ष राजु गिरी र सहसचिव दीपा पौडेल भण्डारी चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा आशिष पुरी र संकल्प ढुँगाना निर्वाचित भए । अधिवेशनको उदाटन गदै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मिडियाले राजनीतिक दलहरुलाई खवरदारी गरिरहनुपर्ने बताए ।
यस प्रति तपाइको धारणा के छ ?