चितवन ।
भरतपुर महानगरपालिकाले ‘उज्यालो सहर’ अभियान अन्तर्गत चितवनको नारायणगढस्थित नारायणी पुलमा स्मार्ट बत्ती जडान गरेको छ ।
बिहिबार साँझ महानगरकी मेयर रेणु दाहालले बत्ती बालेर स्मार्ट बत्तीको उद्दघाटन गरेकी हुन् । गत जेठमा हावाहुरीले पूलमाथि राखिएका पोलहरु ढलेका थिए । भरतपुर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको संयुक्त पहलमा पुलमा १४ वटा पोल राखेर स्मार्ट बत्ती जडान गरेका हुन् ।
पोलमा राखिएका बत्ती डिजिटल माध्यमबाट बाल्न र निभाउन मिल्छ ।
यस प्रति तपाइको धारणा के छ ?