काठमाडौं ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। र प्रि मनसुन सुरु भएको छ । प्रि मनसुन सुरु भएसगैं दिउँसो १ बजेपछि हावाहुरीसहित असिना पानी पर्न थालेको छ ।
शुक्रबार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
शनिबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस प्रति तपाइको धारणा के छ ?