Old Website
२०७९ चैत्र १०, शुक्रबार
March 24, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पाँचौं सृजना कप : छात्रातर्फ शान्ता र कन्या तथा छात्रतर्फ राष्ट्रिय र ब्रम्हरुपा फाइनलमा

केन्द्र खबर केन्द्र खबर
खेलकुद
२०७९ फाल्गुन १८ १८:२७
पाँचौं सृजना कप : छात्रातर्फ शान्ता र कन्या तथा छात्रतर्फ राष्ट्रिय र ब्रम्हरुपा फाइनलमा
ShareTweetPin

पोखरा ।
पाँचौं सृजना कपमा छात्रातर्फ साविक विजेता शान्ता मावि र कन्या मावि फाइनल प्रवेश गरेका छन् । छात्रतर्फ राष्ट्रिय मावि र ब्रम्हरुपा माविबीच उपाधि भिडन्त हुने भएको छ ।

सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पोखरा रंगशालामा बिहीबार छात्रातर्फ पहिलो सेमिफाइनलमा शान्ताले जनप्रियलाई २५–१७, २२–२५ र २५–१७ सेटमा पराजित गरेको हो । कन्या र इन्द्रराज्यलक्ष्मीबीच दोस्रो सेमीफाइनलमा कन्या सोझो सेटमा विजयी हुँदै उपाधि नजिक पुगेको हो । जसमा २५–८ र २५–८ सेट निस्केको थियो ।

छात्रतर्फ राष्ट्रिय र जनप्रियबीच पहिलो सेमिफाइनलमा राष्ट्रियले २५–१२ र २५–१९ सेटमा हराएको हो । दोस्रो सेमिफाइनल ब्रम्हरुपा र शान्ता माविबीच भएकोमा ब्रम्हरुपा खेल जित्दै फाइनल पुगेको हो । जसमा २५–२०, १८–२५ र २५–२२ गरी २–१ सेटमा हराएको हो । छात्रतर्फ फाइनल शुक्रबार मध्यान्ह १२ बजे हुनेछ । त्यसअघि छात्रातर्पmको फाइनल तथा तेस्रो स्थानका खेल हुने रेफ्री संयोजक गोपाल थापाले बताए ।

बिहीबार नै छात्रतर्फ प्रिक्वाटरमा जनप्रियले राष्ट्रिय माविलाई २–१ सेटमा हराउँदै मेश्रम वराहसँग चौथो क्वारफाइनल खेलेको हो । जसमा जनप्रियले मेश्रमलाई २–१ सेटमा पराजित गरेको थियो ।

गोगनले सीतारामलाई २–१ सेटमै पाखा लगाउँदै राष्ट्रिय माविको दोस्रो टिमसँग पहिलो क्वारफाइनल सुनिश्चित गरेको थियो । तर राष्ट्रिय माविले गोगनको चुनौती २५–१६, १८–२५ र २५–२२ पन्छाउँदै सेमिफाइनल पुगेको थियो ।

त्यस्तै, प्रिक्वार्टरमै ब्रम्हरुपाले वाराहीलाई सोझो सेटमा हराउँदै भगवतीसँग तेस्रो क्वाटरफाइनल खेलेकोमा सोझो सेटमा जीत निकाल्दै अन्तिम चारमा पुगेको थियो ।

तालवाराहीले शान्तालाई दोस्रो क्वार्टरफाइनलमा २५–१८, २७–२५ मा हराए पनि प्रोटेस्ट परेपछि शान्ता अन्तिम चारमा पुगेको हो ।
सृजना विकास केन्द्र अध्यक्ष कृष्णबहादुर थापाले विद्यार्थीको भलिबल प्रतिभा प्रष्फुटनमा प्रतियोगिताले सघाउ पुगेको बताउँछन् ।

छात्रछात्रा दुवैतर्फ विजेतालाई १÷१ लाख, उपविजेतालाई ६०÷६० हजार र तृतीय हुने विद्यालयलाई ३५÷३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट छात्रछात्रालाई जनही ५ हजार र अन्य ६ विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ । उत्कृष्ट प्रशिक्षकले ५ हजार पाउने प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले बताए । छात्रतर्फ ३० र छात्रातर्फ १५ टिमले भाग लिएका हुन् ।

 

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

मन्त्रिपरिषद बैठक बस्दै : बैठकले आइजीपी नियुक्ति गर्ने
प्रमुख समाचार

मन्त्रिपरिषद बैठक बस्दै : बैठकले आइजीपी नियुक्ति गर्ने

बागमती प्रदेश सरकारबाट बाहिरिन एमालेको यस्तो शर्त
राजनीति

बागमतीका मुख्यमन्त्रीले आज पुन : विश्वासको मत लिने

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित
समाचार

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो
प्रमुख समाचार

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
प्रमुख समाचार

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
समाज

लायन्स डेस्टिनेशनको अध्यक्षमा सन्तोष

यस संग सम्बन्धित

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन

क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब

क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब

नेपालद्वारा केन्यालाई २३१ रनको लक्ष्य

नेपालमा हुने एसिसी प्रिमियर कपको खेल तालिका सार्वजनिक

एमबाप्पे बने फ्रान्सको नयाँ कप्तान

एमबाप्पे बने फ्रान्सको नयाँ कप्तान

प्रधानमन्त्री कप फुटबल : नेपालले आज लाओससँग खेल्दै

प्रधानमन्त्री कप फुटबल : नेपालले आज लाओससँग खेल्दै

सात नयाँ खेलाडीसहित राष्ट्रिय फुटबल टिमको घोषणा

सात नयाँ खेलाडीसहित राष्ट्रिय फुटबल टिमको घोषणा

सर्वाधिक पढिएका

मन्त्रिपरिषद बैठक बस्दै : बैठकले आइजीपी नियुक्ति गर्ने
प्रमुख समाचार

मन्त्रिपरिषद बैठक बस्दै : बैठकले आइजीपी नियुक्ति गर्ने

बागमती प्रदेश सरकारबाट बाहिरिन एमालेको यस्तो शर्त
राजनीति

बागमतीका मुख्यमन्त्रीले आज पुन : विश्वासको मत लिने

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित
समाचार

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो
प्रमुख समाचार

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
प्रमुख समाचार

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
समाज

लायन्स डेस्टिनेशनको अध्यक्षमा सन्तोष

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.