काठमाडौं ।
विदेशबाट महिलाहरु ल्याएर नेपालमा कोठी चलाउने अफ्रिकी महिला पक्राउ परेकी छन् ।
मानव बेचबिखन अनुसन्धन ब्यूरोको टोलीले युगान्डाकी २५ वर्षीया नतासा भनिने इम्माकुलेट नाबासुम्बालाई पक्राउ गरेको हो । ब्यूरोका अनुसार नतासाले काठमाडौंको ठमेलस्थित एक होटलमा विदेशी महिलालाई ल्याएर वेश्यावृत्तिमा लगाउने गरेकी थिइन् ।
नेपालमा क्लिनर, वेट्रेस लगायत काममा मासिक ५०० अमेरिकी डलर कमाइ हुने आश्वासन दिएर पीडितलाई नेपालमा ल्याएर नतासाले आफु बसेको होटलमा राख्ने गरेको दाबी गरिएको छ ।
ब्यूरोका अनु्सार नतासाले नेपाली र भारतीय मुलका व्यक्तिहरुसँग शारीरिक सम्बन्धमा लगाउने गरेकी थिइन् । दैनिक ५-६ जनासम्मसँग सम्बन्ध राख्न लगाउने गरेको ब्यूरोको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बिरामी भएर स्वदेश फर्कन लागेकी अफ्रिकी महिलाले गरेको उजुरीका आधारमा घटनाबारे थाहा भएको प्रहरीले जनाएको छ।
यस प्रति तपाइको धारणा के छ ?