पोखरा ।
गण्डकी प्रदेश सभामा प्रहरीको भ्यानबाट खसेर एक प्रहरी जवान घाइते भएका छन् । प्रहरी जवान पटक बुढा भ्यानबाट खसेर घाईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
प्रदेश सभा प्राङ्गण प्रवेशको क्रममा भ्यानले ल्याइरहेको फलामको पाइप बिजुलीको तारमा अल्झिँदा प्रहरी जवान बुढा भुइँमा बजारिन पुगेका हुन् ।
प्रदेश सभामा आज प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सम्बोधन गर्ने कार्यक्रमको व्यवस्थापन गर्न थप प्रहरी जाँदै थिए ।
प्रदेश प्रमुखको सलामीका लागि झन्डा राख्न भ्यानमा लगिएको फलामको पोल बिजुलीकको तारमा अल्झिँदा पोलले हुत्याएर बुढा भुइँमा बजारिन पुगेका हुन् ।
प्रदेश प्रहरी गणका सलामी टोली सदस्य बुढाको टाउकोमा चोट लागेको छ ।
यस प्रति तपाइको धारणा के छ ?