काठमाडौं ।
क्रिकेटर सन्दीप लामिछाने आज यूएई जाने भएका छन् ।सर्वोच्च अदालतले विदेश भ्रमण फुकुवा गरेपछि सन्दीप आज यूएई जाने तयारी गरेका हुन् ।नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई नेपाली राष्ट्रिय टिममा थप गर्नका लागि यूएई पठाउन लागेको हो ।
विश्वकप लिग २ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपाल सहभागी छ । विदेश यात्रामा प्रतिबन्धका कारण सन्दीप नेपाली राष्ट्रिय टिमसँग जान पाएका थिएनन् । सर्वोच्चले आइतबार उनको प्रतिबन्ध फुकुवा गरेपछि यूएई जाने बाटो खुलेको हो ।
क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई आज यूएई पठाउन लागिएको जानकारी दिए ।‘आईसीसीसँग कुराकानी भइरहेको छ । आज सन्दीपलाई यूएइ पठाउने चाहीँ निश्चित हो । उनको भिसा पनि आइसकेको छ,’ दासले भने ।
यस प्रति तपाइको धारणा के छ ?