लमजुङ ।
लमजुङमा घरमा अचानक आगो लाग्दा जलेर एक वृद्धको ज्यान गएको छ । दोर्दी गाउँपालिका–८ बन्सार खिन्चोकबेँसीका ९१ वर्षीय हाङ्गी वि क को जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ ।
गए राति घरमा अचानक आगलागी हुँदा जस्तापाताको छाप्रोमा बस्दै आएकी हाङ्गीको ज्यान गएको हो । उनी अशक्त भएको कारण बाहिर निस्किन नसक्दा आगोमा जल्न पुगेको प्रहरीले जनाएको छ। चुलोमा बलेको आगो निभाउन बिर्सिदा आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
आगलागीबाट छाप्रो नजिकै रहेको सात भेडा, तीन भैँसी, छ राँगासमेत घाइते भएका छन् । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले आगलागीका घटना हुन नदिन सचेत बन्न आग्रह गरे ।
यस प्रति तपाइको धारणा के छ ?