काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो उम्मेदवारलाई भोट दिन आग्रह गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन् ।
देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलका लागि ओलीसँग भोट मागेका हुन् । देउवाले भोट मागेको पत्र नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार अपराह्न ओली निवास बालकोट पुगेर बुझाएका थिए ।
नेकपा एमालेका अध्यक्ष ओलीले भने कांग्रेस बाहेकका दल र स्वतन्त्र उम्मेदवारहरुलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङका लागि भोट मागेका थिए ।
यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका पौडेल र नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ उम्मेदवार छन् ।
यस प्रति तपाइको धारणा के छ ?