Old Website
२०७९ चैत्र १२, आइतवार
March 26, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपालको लगातार पाँचौं जीत, पपुवा न्युगिनी ४ विकेटले पराजित

केन्द्र खबर केन्द्र खबर
खेलकुद, प्रमुख समाचार
२०७९ फाल्गुन १५ १९:३७
दोस्रो एकदिवसीय क्रिकेटमा यूएई विरुद्ध नेपालको जित
ShareTweetPin

पोखरा ।

आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत भएका पछिल्ला पाँच वटा खेलमा नेपालले लगातार जीत निकालेको छ । पपुवा न्युगिनीविरुद्ध सोमबार भएको खेलमा नेपालले ४ विकेटले जितेको छ ।

यसअघि घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियासहितको शृंखलामा नेपालले सबै चार खेल जितेको थियो । जितपछि नेपालले २९ खेलबाट २८ अंक जोडेको छ । छैटौं स्थानमा रहेको नेपाल पाँचौं स्थानको युएई भन्दा १ अंकले पछि छ । नेपालले अब शृंखलामा दोस्रो खेल बिहीबार युएईसँग नै खेल्नेछ ।

पपुवा न्युगिनीसँगके खेलमा ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि दुबईमा २०४ रनको लक्ष्य नेपालले ४५।२ ओभर खेल्दै ६ विकेट गुमाएर २०७ रन बनाउँदै पूरा गर्‍यो । कुशल भुर्तेलले ६९ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५६ रन बनाए ।

नेपालले लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट सुरुवात गरेका थिए । पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ७६ रनको साझेदारी गरे । आसिफ शेखले रनआउट हुनुअघि ३९ बल खेल्दै ५ चौका मद्दतमा ४४ रन बनाए ।

त्यसपछि आएका ज्ञानेन्द्र मल्ल ३ रनमै बोल्ड भए । कप्तान रोहित पौडेल २० रन बनाएर आउट हुँदा नेपाल १३५/४ को स्थितिमा थियो । त्यसपछि आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय साझेदारी गर्दै नेपालको जितको आधार तयार गरे ।

आरिफ र दीपेन्द्रले पाँचौं विकेटका लागि ५४ रनको साझेदारी गरे । दीपेन्द्रले ४३ बल खेल्दै १ छक्का मद्दतमा २२ रन जोडेर ३९औं ओभरमा आउट भए ।

लगत्तै अर्को ओभरमा आरिफ पनि आउट भए । आरिफले ६२ बल खेल्दै १ चौका मद्दतमा ३३ रन बनाए । छक्का प्रहार गर्दै नेपालको जित पक्का गरेका कुशल मल्लले अविजित १२ जोडे । सोमपाल कामी ५ रनमा अविजित रहे ।

पीएनजीका लागि कप्तान असद भालाले ३ तथा नर्मन भानुअ र सेसे बाउले १/१ विकेट लिए । त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २०३ रन बनाएको थियो ।

सुरुको ३० ओभरमा १०० रन बनाएको पीएनजीले त्यसपछि २० ओभरमा १०३ रन बनाएको थियो । बलिङमा राम्रो सुरुवात गरे पनि नेपालले डेथ ओभरमा त्यसलाई कायम राख्न नसक्दा पीएनजीले २०० रन कटाएको थियो ।

पीएनजीले अन्तिम पाँच ओभरमा ४३ रन जोडेको थियो । पीएनजीका लागि चाड सपर र कप्तान असद भालाले सर्वाधिक ३६(३६ रन बनाए । सातौं नम्बरमा ब्याटिङ गरेका सपरले ५३ बल खेल्दै २ चौका मद्दतमा अविजित ३६ रन बनाएका हुन् ।

५३ बल नै खेलेका भालाले ४ चौका प्रहार गरे । यस्तै सेस बाउले ३१, विकेटकिपर किपलिन डफरिगाले २९ र नोर्मन भानुअले २५ रन बनाए । हिरी हिरी १० रन बनाएर आउट भए ।

पीएनजीका लागि डोरिगा र सेसे बाउले दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए । यस्तै चाड सपर र नोर्मन भुनले आठौं विकेटका लागि ४३ रनको साझेदारी गरे ।

नेपालका लागि गुल्शन झाले सर्वाधिक ३ विकेट लिए । ९ ओभर बलिङ गरेका उनले २८ रन खर्चिए । कुशल मल्लले ८ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए ।

सोमपाल कामी, करण केसी र डेब्युटान्ट प्रतिश जिसीले समान १ विकेट लिए । सोमपालले ६ ओभरमा १ मेडन राख्दै १७ रन मात्र खर्चिए । करणले ९ ओभरमा २ मेडन राख्दै ३० रन खर्चिए । नेपाली बलरहरुमध्ये केही महँगा बनेका प्रतिशले पहिलो खेलमा ६ ओभर बलिङ गर्दा ३७ रन खर्चिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिदै माओवादी
राजनीति

लुम्बिनी सरकारबाट माओवादी मन्त्रीहरूले दिए राजीनामा

सत्ता साझेदार दलको बैठक बस्दै
प्रमुख समाचार

सत्ता साझेदार दलसँग छलफल गर्दै प्रम दाहाल : कसले कुन मन्त्रालय लिने टुंगो लगाउने

जसपाको बैठक भोलि,समानुपातिक सांसद छान्ने
राजनीति

जसपाद्धारा विधान मस्यौदामाथि सुझाव संकलन तीव्र

राष्ट्रिय सभाको निर्वाचन माघ ८ मा गर्न प्रस्ताव
राजनीति

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)
अर्थ

साताको पहिलो दिन आज कुन देशको मुद्राको मूल्य कति ? सूचिसहित

आज बोलाइएको प्रतिनिधिसभा बैठक यसकारण स्थगित!
प्रमुख समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

यस संग सम्बन्धित

सत्ता साझेदार दलको बैठक बस्दै

सत्ता साझेदार दलसँग छलफल गर्दै प्रम दाहाल : कसले कुन मन्त्रालय लिने टुंगो लगाउने

आज बोलाइएको प्रतिनिधिसभा बैठक यसकारण स्थगित!

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

मन्त्रिपरिषद् पुनर्गठनका लागि माओवादी केन्द्रको बैठक

मन्त्रिपरिषद् पुनर्गठनका लागि माओवादी केन्द्रको बैठक

कांग्रेसले माग्यो गण्डकीका मुख्यमन्त्री अधिकारीको राजिनामा

कांग्रेसले माग्यो गण्डकीका मुख्यमन्त्री अधिकारीको राजिनामा

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

रूपान्तरणको अभियानलाई दूरदराजमा पुर्‍याउन आवश्यक छ : प्रधानमन्त्री

रास्वपाले टुंग्यायो समानुपातिक १३ सांसद (सूचीसहित)

रास्वपाले उपनिर्वाचनमा गठबन्धन नगर्ने

सर्वाधिक पढिएका

लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिदै माओवादी
राजनीति

लुम्बिनी सरकारबाट माओवादी मन्त्रीहरूले दिए राजीनामा

सत्ता साझेदार दलको बैठक बस्दै
प्रमुख समाचार

सत्ता साझेदार दलसँग छलफल गर्दै प्रम दाहाल : कसले कुन मन्त्रालय लिने टुंगो लगाउने

जसपाको बैठक भोलि,समानुपातिक सांसद छान्ने
राजनीति

जसपाद्धारा विधान मस्यौदामाथि सुझाव संकलन तीव्र

राष्ट्रिय सभाको निर्वाचन माघ ८ मा गर्न प्रस्ताव
राजनीति

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)
अर्थ

साताको पहिलो दिन आज कुन देशको मुद्राको मूल्य कति ? सूचिसहित

आज बोलाइएको प्रतिनिधिसभा बैठक यसकारण स्थगित!
प्रमुख समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.