काठमाडौं ।
काठमाडौंको नयाँ बानेश्वरमा रहेको मदन भण्डारी मेमोरियल कलेजको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
भारत सरकारको आर्थिक अनुदानमा निर्मित भवनको सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।
पूर्व परराष्ट्रमन्त्री समेत रहेका कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र पाण्डे र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले संयुक्त रुपमा कलेज भवनको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी र मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
विसं २०६३ सालमा शिलान्यास गरिएको उक्त भवन तीन तलाको रहेको छ भने त्यसमा २९ कोठा छन् । त्यसका साथै पुस्तकालय, सभा हल लगायत अन्य सुुविधा पनि रहेका छन् ।
यस प्रति तपाइको धारणा के छ ?