काठमाडौं ।
सरकारले जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस्तो जानकारी दिएका हुन् ।
आइतबार जनयुद्धका शहीद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने बताएका हुन् । नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने जनयुद्धका शहीदहरुलाई उच्च सम्मानसहित राष्ट्रिय शहीद घोषणा गर्ने तयारी भइरहेको बताएका हुन् ।
आइतबार जनयुद्धको क्रममा पहिलो बलिदान गर्ने शहीद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि भएको उल्लेख गर्दै प्रचण्डले भने, ‘वर्तमान सरकारले जनयुद्ध लगायत सबै आन्दोलनका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारी गरिरहेको छ ।’
२००७ सालको क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका शहीदहरू नेपालको राष्ट्रिय गौरव भएकाले उनीहरूको उच्च सम्मान गर्नुपर्छ भन्नेमा सरकार रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताएका छन्
यस प्रति तपाइको धारणा के छ ?