काठमाडौं ।
नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दसौंदीले शपथ लिएका छन् ।उनलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
माघ २५ गते दाङमा भएको राष्ट्रिय सभा सदस्यको उप(निर्वाचनबाट दसौंदी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन् ।
नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि उपनिर्वाचन भएको हो ।
यस प्रति तपाइको धारणा के छ ?