पोखरा ।
पोखरा महानगरपालिकाले उपभोक्ता सचेतना सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । महानगरले उपभोक्ता र नागरिक समाजका प्रतिनिधिहरुका लागि एक दिने सचेतना सम्बन्धी कार्यक्रम बुधबार सम्पन्न गरेको हो ।
महानगरका ३३ वटै वडामा उपभोत्ता सचेतना सम्बन्धी कार्यक्रम गर्ने महानगरको नीति अनुसार पहिलो चरणमा वडानम्बर १ देखि ८ सम्मका लगि उक्त कार्यक्रम आयोजना गरिएको महानगर सहकारी शाखाका ऋषिरामा सापकोटाले जानकारी दिए । कार्यक्रममा प्रत्यक वडाबाट एक जना वडासदस्य, टोल विकास संस्थाका एक एक जना प्रतिनिधि,महिला समूहबाट २ जना र नागरिक समाजका आगुवा २ जनाको उपस्थिति रहेको थियो । सहभागीहरुले बजारमा अनुगमन बढाउनुपर्नेमा जोड दिए । छिटफुट मात्रै हुने सरकारी अनुगमनले उपभोक्ता ढगिन बाध्य भएको उनीहरुको भनाई थियो ।
अभिमूखिकरण कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले संघीय सरकारको अनुगमन र निरिक्षण अधिकारीको अधिकार वारे जानकारी दिएका थिए । उपभोक्ता ठगिनबाट जोगिन नागरिकले अनुगमन समितिलाई सूचना दिनुपर्ने ढकालले बताए ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कास्कीका प्रमुख शिवजी बरालले खाद्य स्वच्छता सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । भने, पोखरा महानगर सहकारी शाखा प्रमुख भरतराज पौडेलले उपभोक्ता संरक्षण ऐनमा भएका व्यवस्था र पोखरा महानगरपालिकाले गरेका कार्यका वारेमा जानकारी दिएका थिए ।
यस्तै उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले सचेत उपभोत्ता आजको आवश्यकता सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कोइरालाले बस्तु तथा सेवाको उपयोग गर्दा उपभोक्ता आफै सेचत हुनपर्नेमा जोड दिए । राज्यका निकायले मात्र उपभोक्ता अधिकार स्थापित गर्न नसक्ने भएकाले उपभोक्ता आफै सचेत हुनुपर्ने कोइरालाले बताए । कोइरालाको उक्त कार्यपत्र अधिवक्ता गिता आचार्यले प्रस्तुत गरेकी थिइन् ।
नयाँ व्यवस्था अनुसार स्थानिय निकायलाई बजार अनुगमनको जिम्मा दिइएको छ । स्थानिय निकायले तोकिएका सरकारी र गैर्हसरकारी संस्थाका प्रतिनिधि सहभागी भएको संयुक्त बजार अनुगमन समिति बनाएर बजार अनुगमन गर्न सक्ने छ ।
पोखरा महानगरले उपभोक्ता संरक्षण ऐनलाई आधार मानेर संयुक्त बजार अनुगमन निर्देशीका २०७४ जारी गरेको छ । भने स्थानीय स्वायत्त शासन ऐन २०७४ ले पनि बजार अनुगमनका लागि निर्देशीत गरेको छ ।
अभिमूखिकरण कार्याक्रमको उद्याटन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत विरेन्द्रदेव भारतीले नियमनकारी निकायका प्रनितिधिहरु जिम्मेवार बन्नुपर्ने बताए । उत्पादत, उपभोक्ता, मध्यस्तकर्ता र विक्रेताले आ–आफ्नो अधिकार र दायित्व निर्वाह गर्नुपर्ने भारतीले बताए ।
यस प्रति तपाइको धारणा के छ ?