पोखरा ।
पोखरामा आज (बिहीबार) बिहान भएको दुर्घटनामा एक युवतीको ज्यान गएको छ । पृथ्बीचोकस्थित चाइनापुलमा बसले स्कुटरलाई ठक्कर दिंदा पोखरा बुढीबजारकी २६ वर्षीया रेजीना आचार्यको ज्यान गएको हो।
बुद्धचोकबाट पृथ्वीचोकतर्फ आउँदै गरेको ना ८ ख ५२५१ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको ग १५ प २४७६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी आचार्यको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रवक्ता शिव प्रसाद पाठकले जानकारी दिए।
दुर्घटनापछि बस चालक लमजुङका ३१ वर्षीय सुनिल नेपालीलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बडाइएको छ।
यस प्रति तपाइको धारणा के छ ?