कैलाली ।
कैलाली २ बाट निर्वाचित सांसद अरुण चौधरीलाई रिहा गर्न माग गर्दै परेको रिटमा उच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । हिजो उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश रिट दर्ता भएको थियो ।
न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले अर्को पक्षलाई पनि बोलाउन आदेश दिएको छ । अर्को पेसी माघ २९ गतेलाई तोकिएको छ ।२०६६ भदौ ३ गते लु. २ त २११ नम्बरको ट्याक्टर जलाएको अभियोगमा २०६७ भदौ २ मा अरुण चौधरीसहित तीनजनाविरुद्ध कैलाली अदालतमा मुद्दा दर्ता भएको थियो ।
सोही मुद्दामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।
अदालतको आदेश कार्यान्वयनका लागि प्रहरीले माघ १९ मा पक्राउ गरेको हो ।चौधरी पक्षमा कानुन व्यवसायीहरूले सुनुवाइको मौकासमेत नदिई अन्यायपूर्ण फैसला भएको भन्दै जिल्लाको फैसला बदर र धरौटीमा रिहा गर्न माग गर्दै उच्च अदालतमा पुनरावेदन गरिएको छ ।
यस प्रति तपाइको धारणा के छ ?